नारामै सिमित इटहरी बन्दमुक्त क्षेत्र

नारामै सिमित इटहरी बन्दमुक्त क्षेत्र

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

इटहरी ,७ भदौ ।

सरकारसंग पछिल्लो समय भएको सहमतीहरु कार्यानवयनको माग गर्दै आमहडतालमा उत्रिएको आदिवासी जनजाती महासंघका कार्यकर्ता र इटहरीका ब्यापारीबिच देखिएको पटक पटक मुठभेड हिजो टरेको छ ।

गत बिहीबार उद्योग बाणिज्य संघ इटहरीले आफनो क्षेत्रलाई बन्दमुक्त क्षेत्रको रुपमा घोषणा गरेपनि हिजो आदिवासीले गरेको बन्द प्रतिकार गर्ने क्रममा ब्यापारी र बन्दकर्ता बिच पटक पटक मुठभेड हुन खोजेको थियो ।

हिजो बिहानै देखी सुनसान रहेको पुर्वको केन्द्र इटहरीमा ब्यापारीहरुले आ आफनो ब्यापार सुचारु गर्न खोज्दा बन्दकर्ताहरुले पुनःपसलहरु बन्द गराएपछि इटहरी दिनभरी तनावग्रस्त बन्न पुगेको थियो ।

बिहान उद्योग बाणिज्य संघका पदाधिकारीहरुको टोलीले इटहरीका ब्यापारीहरुलाई आ आफनो ब्यापार ब्यवसाय सुचारु गर्न लगाएपनि दिउसो आदिवासीका कार्यकर्ताहरुले खुलेका पसलहरु समेत बन्द गराएपछि आक्रोशित ब्यापारीहरुले बन्द बिरुद सडकमा नारावाजी गर्दै निस्किएका थिए ।

बन्दकर्ता आदिवासी जनजातीका कार्यकर्ता र ब्यापारी बिचको जुहारीले इटहरी हिजो दिनभरी तनावग्रस्त बनीन पुगेको थियो भने प्रहरीलाई शुरक्षाको बातावरण शिर्जना गर्न हम्मे हम्मे परेको थियो ।

गत बिहीबार इटहरीलाई बन्द मुक्त क्षेत्रको रुपमा घोषीत गरेपनि कार्यानवयन हुन नसकेपछि ब्यापारीहरुले बन्दको समयमा उद्योग बाणिज्य संघले महत्वपुर्ण भुमिका निर्वाह गर्न नसकेको ब्यापारीहरुले आरोप लगाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ