धरान (सुनसरी), ७ भदौ ।
आदिबासी जनजाती महासंघले आज दोस्रँे दिन पनि आमहडताल सहित बन्दको आवहान गरेको छ ।
प्रस्ताबित संबिधानमा आदिबासी जनजातीको जातीय पहिचान सहितको सिमाङ्गकन र नामाङ्गन भएको संघियताको प्रत्याभुति हुनुपर्नै माग गर्दै आम हडताल सहित बन्दको आब्हान गरेको हो ।
बन्दका कारण जनजिवन प्रभावीत बनेको छ । बन्दका कारण शैक्षिक संस्था,बजार,पसल कलकारखाना यातायात, सरकारी कार्यलय पुर्ण रुपमा बन्द रहेको छ ।
विभिन्न माग राख्दै जातिय र क्षेत्रीय संगठनहरुले लगातार बन्द हड्ताल गर्दा पूर्वको व्यापार र उद्योग क्षेत्र धरासयीे बन्दै गएको छ ।
विभिन्न संगठनहरुले आफनो माग पुरा गराउने बाहानामा सडक र व्यापार तथा उद्योग बन्द गराउदा दैनिक रुपमा ठूलो आर्थिक क्षति भएको ब्यापारीहरुले बताउदै आएका छन ।
हिन्दुवादी, थारु, जनजाति, मधेषी, लिम्बुवान, नेकपा माओवादी लगायतका जातिय, संप्रदायिक तथा क्षेत्रीय संगठनहरुले लगातार बन्द गर्दा त्यसको मुख्य असर व्यापार व्यवसाय र उद्योग क्षेत्रमा पर्दै आएको छ ।
बन्दमा क्रममा पूर्व क्षेत्रमा साना ठुला दुई हजार बढि उद्योगहरु प्रत्यक्ष मारमा परेका छन् । सुनसरी मोरंग औद्योगिक करिडोर क्षेत्रका पा“च सय बढि उद्योगहरु पनि ठूलो मारमा परेका छन् ।
दैनिक रुपमा बन्द हुदा“ त्यसले ठुलो आर्थिक भार पर्ने र त्यस्तै अवस्था लम्बिदै गए दिर्घकालमै बन्द हुने अवस्था आउन सक्ने अरिहन्त मल्टि फाइवर्सका प्रबन्धक गोविन्द बजगाइले बताउनुभयो ।
यसैबिच खम्बुवान राष्ट्रिय मोर्चा नेपालले हिजो एक विज्ञप्ति जारी गर्दै मुख्य तीन दलले बिना आधार ७ प्रदेश गरी आदिवासी जनजातिहरुको भुगोललाई टुक्र्याएको प्रति आपत्ति जनाएको छ ।
मोर्चाका केन्द्रिय सचिव भुपी कोयुद्धारा हस्ताक्षरित विज्ञप्तिमा गलत सिमाङ्कनलाई तत्काल सच्याउन माग गरेको छ ।
उनिहरुले पहिचान र सामथ्र्यको आधारमा संघिय राज्यहरुको नामाङ्कन र सिमाङ्कन हुनुपर्ने, नेपाललाई धर्म निरपेक्ष राज्य बनाइनु पने, एक सिंगे गैडालाई नेपालको राष्ट्रिय जनावर घोषण गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।
