आदिवासी जनजाति महासंघको बन्द आज पनि जारी

आदिवासी जनजाति महासंघको बन्द आज पनि जारी

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ७ भदौ । 

पहिचान सहितको संघियताको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्द आज पनि जारी छ ।

दोस्रो दिनको बन्दले मुलुकभरको जनजीवन बिहानैबाट प्रभावित बनेको छ ।

काठमाडौ उपत्यकामा बन्दको आंशिक प्रभाव परेपनि बाहिरका जिल्लामा भने यातायात, बजार पसल , तथा शिक्षण संस्था ठप्प रहेका छन् ।

उपतयकामा हिजोको तुलनामा आज बिहानैबाट यातायातका साधन चलेको ट्राफिक प्रहरीले जनाएको छ । बजार पसल पनि आंशिक रुपमा सन्चालनमा आएका छन् ।

उपत्यका बाहिरिने लामो दुरीका रात्रीकालिन बस पनि सन्चालनमा आएका छन् भने उपत्यका भित्रिने बसहरुलाई ठाउँ ठाउँमा स्कर्टिङ गरेर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

संविधानमा पहिचान सहितको संघियता, धर्म निरपेक्षता, सामनुपातिक समावेशिता लगायतका माग राख्दै महासंघले हिजो र आज दुई दिने नेपाल बन्दको अह्वान गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ