आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,७ भदौ ।

प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत राजनीतिक दल तथा विभिन्न पक्षलाई शान्तिपूर्ण तवरबाटै आफ्ना मागहरुको समाधान गर्नेतर्फ लाग्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आइतबार राति देशवासीका नाममा सन्देश जारी गर्दै मुलुकको भूराजनीतिक संवेदनशीलता र धरातलीय यथार्थतालाई मनन् गर्दै सबैलाई संयमित र एकताबद्ध हुन अपील गर्नुभयो ।

उहाले आन्दोरनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभयो । संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढिरहेका बेला केही राजनीतिक दलले संविधानसभा नै छाड्ने र बहिस्कार गर्ने क्रम बढाएपछि प्रधानमन्त्री कोइरालाले उनीहरुलाई समेट्ने प्रयासस्वरुप वार्ताको आह्वान गर्नुभएको हो ।

प्रमुख चार दलको आइतबार बसेको बैठकले प्रधानमन्त्रीमार्फत् असन्तुष्टहरुसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रधानमन्त्रीले देशवासीका नाममा सन्देश जारी गर्दै असन्तुष्टहरुलाई वार्तामा आउन आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री कोइरालाले संविधान गतिशील दस्तावेज भएकाले यसलाई चाहेको अवस्थामा परिमार्जन गर्न सकिने भन्दै संविधानसभाबाट संविधान जारी गर्ने प्रक्रियामा सामेल भइरहन र सहयोग गर्न असन्तुष्टहरुसँग आग्रह गर्नुभयो ।

उहाले देशभरबाट प्राप्त सुझावलाई संशोधित मस्यौदामा समेटिएको भन्दै अझै पनि समेट्न सकिने बताउनु भएको छ ।

प्रधानमन्त्री कोइरालाले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा र्पुयाउन अपील गर्नुभयो ।

उहाले संघीयता, समावेशीता र समानुपातिक निर्वाचन प्रणालीसहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आफूहरुको प्रतिबद्धता रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ