संबिधानको पहिलो विधेयक सबिधासभामा पेश, राप्रपा नेपाल तथा मधेश केन्द्रित दलको बिरोध

संबिधानको पहिलो विधेयक सबिधासभामा पेश, राप्रपा नेपाल तथा मधेश केन्द्रित दलको बिरोध

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,६ भदौ ।

संविधानको पहिलो विधेयक बिरोधका बिच संविधानसभामा पेश भएको छ ।  मधेस केन्द्रित दलको वहिस्कार तथा राप्रपा नेपालको अवरोधका विच विधेयक संविधानसभामा पेश भएको हो ।

मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले ३७ भाग र ३ सय २ धाराको विधेयक पेश गर्नुभयो । विधेयक पेश गर्नुअघि सीमांकनमा जिल्ला टुक्राएको विषयमा केहि सभासदले विरोध जनाएका थिए ।

प्रस्तावित ७ प्रदेशको खाकामा रुकुम र बाग्लुङलाई टुक्राएको भन्दै धवलागिरीबाट प्रतिनिधित्व गर्ने सभासदले आपत्ति जनाएका हुन् ।

सभासद अर्जुनप्रसाद जोशी, चित्रबहादुर केसी, श्रीमाया थकाली लगायतले जिल्ला टुक्राएकोप्रति आपत्ति जनाउनुभयो ।

यस्तै मधेस र थारु बहुल क्षेत्रलाई टुक्राएर कमजोर बनाउने षड्यन्त्र भएको भन्दै यसलाई सच्याउन माग गर्दै सभासद जितेन्द्र देव, रुक्मिनी चौधरीलगायतले सिमांकनको विरोध गर्नुभयो ।

विधेयक पेश गर्दै सभापति सिटौलाले नारावाजी र अवरोधले जनताको अपेक्षा पुरा नहुने बताउँदै सबै दल मिलेर जतिसक्दो छिटो संविधान जारी गर्न आवश्यक रहेको बताउनुभयो ।

संघीयताको प्रस्तावप्रति असहमती जनाउँदै मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, थरुहट पार्टि, राष्ट्रिय मधेस सद्भावना पार्टि र फोरम गणतान्त्रिकले आइतबारको संविधानसभा बैठक बहिस्कार गरेको बताएका छन् ।

बुधबार विहान ८ बजेदेखि प्रस्तुत विधेयक माथि सैद्धान्तिक छलफल हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी