साताको पहिलो दिन नेप्से १६ दशमलब २५ अंकले गिरावट

साताको पहिलो दिन नेप्से १६ दशमलब २५ अंकले गिरावट

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, ६ भदौ ।

साताको पहिलो दिन नेप्से परिसूचक १६ दशमलब २५ अंकले घटेको छ । आईतवार १ हजार १ सय ८४ दशमलब ६७ बिन्दुमा कारोबार बन्द भयो ।

बजार खुलेसँगै घटेको नेप्से परिसूचक १ बजे पछि पुन खरिदचाप बढेसँगै १ हजार १ सय ९६ सम्म बढेको थियो ।

’क’ बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेस्क पनि ३ दशमलब ८६ अंकले घटेर २ सय ५८ दशमलब २४ अंकमा कारोबार बन्द भएको छ ।

१ सय ४१ कम्पनीको ६ हजार ५ सय ७६ कारोबारबाट १६ लाख ९४ हजार ३ सय ७३ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
जसबाट ५८ करोड ३१ लाख ८ हजार ६ सय ९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से उप परिसूचकहरुमा इन्स्योरेन्स समूह बढेको छ भने अरु समूह सबै घटेको छ ।

कारोबारको आधारमा सबै भन्दा बढी प्रभु बैक लिमिटेडको ५ करोड ३० लाख ८७ हजार ५ सय ८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयर संख्याको आधारमा सबै भन्दा बढी सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ को ३ लाख कित्ता खरिद बिक्रि भएको छ भने कारोबार संख्याको आधारमा यति विकास बैंकको सबैभन्दा ४ सय ५२ वटा कारोबार भएको छ ।

प्रिमियर इन्स्योरन्स कम्पनीका लगानीकर्ताले सर्वा्धिक कमाएका छन् भने राप्तीभेरी बिकासका लगानीकर्ताले सर्वा्धिक गुमेका छन् ।
गत बिहिबार नेप्सेले बनाएको हाल सम्मकै उच्च १२ सय अंक, आज लगानीकर्ताले गरेको प्रोफिट बुकिङका कारण घटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी