बन्दका क्रममा कहाँ कहाँ  के के भयो , हेर्नुस् बिस्तृतमा

बन्दका क्रममा कहाँ कहाँ  के के भयो , हेर्नुस् बिस्तृतमा

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं, ६ भदौ ।

नेपाल आदिवासी जनजाति महासंघले गरेको बन्दको प्रभाब देशका बिभिन्न जिल्लामा परेको छ तर काठमाण्डौ उपत्यकामा आंशिक देखिएको छ । दिनभर निजी सवारी साधान निर्वाध रुपमा गुडेका थिए भने सार्वजनिक यातायात पनि संचालनमा आउन थालेका छन । बजार पसल पनि आंशिक मात्र बन्द रहे ।

धादिङ, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा भने बन्दको प्रभाव परेको हाम्रा सहकर्मीले जनाएका छन । प्रहरीले बन्द गराउदै हिडेका गुरुङ संघका अध्यक्ष रेशम गुरुङ , आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा सामाजिक लोकतान्त्रिक पार्टीका सदस्य पासाङ शेर्पा सहित ५५ जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरुलाई बालजु, चावहिल, चुच्चेपाटी, बौद्ध लगायतका स्थानबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै कार्यकर्ता रिहा भएका प्रहरी प्रवक्ता बिश्व पोखे्रलले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो ।

त्यस्तै नेपाल आदिवासी जनजाती महासंघले गरेको बन्दको प्रभावले ताप्लेजुङको फुङलिङ बजार बन्दकर्ता बिना बिहानदेखि ठप्प छ ।

बजारका सरकारी कार्यालय फाटफुट खुलेपनि बन्दका कारण सेवाग्राहीको उपस्थिति खासै छैन । तर शिक्षण संस्था, यातायातका साधन र पसलहरु पूर्ण रुपमा ठप्प छन् ।
त्यस्तै नवलपरासीको सदरमुकान परासीमा नेपालको राष्ट्रिय झण्डा च्यातेको विरोधमा आज स्थानीयबासीले राष्ट्रियताको पक्षमा प्रदर्शन गरेका छन । मधेसी मोर्चाका कार्यकर्ताहरुले नवलपरासीको बुद्धचोकमा हिजो राष्ट्रिय झण्डा च्यातेका थिए ।

आफनो माग सम्बोधन नभएको भन्दै विगत १४ दिनदेखि सदरमुकाम परासी बन्द गराउँदै आएका मधेशी मोर्चाको कार्यकर्ताले राष्ट्रय झण्डा च्यातेको भन्दै स्थानियले त्यसको बिरोधमा प्रदर्शन गरेका हुन ।

यसैबिच अरुण पूर्बका नौ जिल्ला बन्दको दोहोरो मारमा परेका छन् । आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो ।

दोहारो बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा लगायतका जिल्लाको जनजिवन कष्टकर बन्दै गएको छ ।

त्यस्तै पोखराको सृजनाचोकमा जर्वजस्ती बजार बन्द गराउंदै हिडेका प्रदर्शनकारीलाई स्थानियबासीले लखेटेर बजार खुलाएका छन् । उद्योग बाणिज्य संघ पोखराले भने बन्दको अबज्ञा गर्दै दिनभरमा पोखराका सबै बजार खोल्ने जनाएको छ ।

यसैबीच, कैलालीको टिकापुरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । विहान १० देखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हाम्रा सहकमीले जनाएका छन् । यसअघि अखण्ड पक्षधर र थरुहट कार्यकर्ताबीचको झडपले स्थिति तनावपूर्ण भएपछि प्रशासनले हिजो राती ८ देखि आज विहान ५ बजेसम्म कफर््यू लगाएको थियो ।

त्यस्तै बर्दियामा प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ । आन्दोलनकारीले बर्दिया जिल्ला प्रशासन कार्यालयमा ‘थरुहट स्वायत्त प्रदेश’ लेखेको ब्यानर टास्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपमा २ प्रहरी सहित एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका । जबरजस्ती जिल्ला प्रशासन कार्यालयमा ब्यानर टाँस्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।

बर्दियाको अबस्था दिनभर तवाबग्रस्त रहेको हाम्रा सहकर्मीले जनाएका छन । बर्दियामा बिगत १३ दिनको बन्दले जनजिवन कष्टकर बन्दै गएको छ ।

त्यस्तै बाकेमा संयुक्त थरुहट मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रधानमन्त्री सुशील कोईरालाको पुत्ला दहन गरेका छन । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै उनीहरुले जमुनाह नाका समेत ठप्प पार्दै आएका छन ।

सरकारले आफुहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीले जमुनाह, विपीचोक, त्रिभुवन चोक, त्रिवेणी मोड लगायतका ठाउँमा प्रधानमन्त्रीको पुत्ला सहितको जुलुस निकालेर जमुनाह र त्रिभुवन चोकमा जलाएको हाम्रा सहकर्मीले जनाएका छन ।

त्यस्तै साउन २६ देखिको बन्दले ब्यापार धरासायी भएको र बन्दकर्ता तोडफोडमा उत्रिएको भन्दै नेपालगन्जका ब्यापारीले बन्द विरुद्ध प्रदर्शन गरेका छन ।

युवा र बालबालिका समेत प्रयोग गरि बन्दकर्ताले तोडफोड गर्न थालेपछि प्रर्दशन गरीएको ब्यापारीले बताएका छन । सर्वसाधरणले समेत बन्दको विरोधमा व्यापारीलाई सहयोग गरेका त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।

यस्तै सिंगो जिल्लालाई ५ नम्बर प्रदेशमै राखिनु पर्ने भन्दै रुकुममा थालिएको आन्दोलन उग्र बन्दै गएको छ । जिल्लाको आधा भाग ६ प्रदेशमा रहनेगरी टुक्र्याइएको भन्दै आक्रोशित रुकुमेलीले आज जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन ।

रुकुमका प्रमुख सरकारी निकायमै ढुंगा मुढा भएपछि प्रशासनले कार्यालय क्षेत्र परिसरमा निशेधाज्ञा जारी गरेको हो ।

धर्मनिपेक्षता, पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने, आदीवासी जनजातिको मानव भुगोललाई खण्डित नहुने गरि सीमाङ्कन हुनुपर्ने लगायतका माग राख्दै आदिवासी जनजाति महासंघले बन्द आहावान गरेको जनाएको छ । बन्दलाई संघीय समाजवादी फोरम तथा उत्पिडन विरोधी संयुक्त राष्ट्रिय मोर्चाले समेत ऐक्यबद्धता जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी