बन्दले १६ अंकले घट्यो नेप्से

बन्दले १६ अंकले घट्यो नेप्से

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,६ भदौ ।

आदिबासी जनजातीको बन्दको प्रभाब सेयर बजारमा देखिएको छ ।

लगातार उच्च अकंले बढ्दै आएको नेप्से सूचक साताको पहिलो दिन आज १६ अंकले घटेर ११८४ अंकमा झरेको छ । बीमा समूहको बाहेक सबै समुहगत उपसूचकहरु घटेका छन ।

वाणिज्य बैंक समूहको सूचक २० अंकले घटेको छ । यो समूहको मात्रै ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी, होटल समूहको ५१ अंकले, अन्य समूहको २९ अंकले, विकास बैंक समुहको ३ अंकले, जलविद्युत समुहको ९ अंकले र वित्त कम्पनी समूहको सूचक २ अंकले बढेको छ ।

यो दिन नेपाल स्टक एक्सचेञ्जमा १ सय ४१ कम्पनीका १७ लाख कित्ता सेयर ५८ करोड ३१ लख रुपैयाँमा किनबेच भए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणाले बढाउने मौद्रिक नीति ल्याएयता नेप्से इन्डेक्स लगातार बढेको थियो ।

मौद्रिक नीति आएको दिन साउन ७ गते साढे ९ सय रहेको सूचक बिहीबार हालसम्मकै उच्च अर्थात १२०० अंकमा पुगेको थियो । यसअघि ०६५ भदौ १५ गते ११७५ पुगेर नेप्सेले रेकर्ड कायम गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी