नौ दिनदेखिको बन्दका कारण उदयपुरको जनजीवन कष्टकर

नौ दिनदेखिको बन्दका कारण उदयपुरको जनजीवन कष्टकर

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

उदयपुर, ६ भदौ ।

उदयपुरको सदमुकाम गाईघाट बजार नौ दिन यतादेखि पूर्ण रुपमा बन्द हुदै आएको छ । आदिबासीज नजातिको आब्हानमा देशब्यापी बन्दको घोषणाले उदयपुरको जनजीवन थप कष्टकर र पीडादायी बन्दै आएको छ ।

नयाँबन्ने संबिधानको मस्यौदामा आदिबासी जनजातिको पहिचान, उत्पीडन बर्ग,मधेशी ,मुस्लिम दलित लगायतका अधिकार सुनिस्चित नभएको नामाङन र सीमाङन बिनाको बेनामी मस्यौदा माथि आदिबासी जनजातिले चर्को बिरोध गर्दै आएका थिए।

केही दिनयता बिभिन्न दलको दबाब र निरन्तर बन्दको प्रभाबबाट चारदलीय सम्झौताको आधारमा ६ प्रदेशको खाका ल्याएकोमा समेत असन्तुष्ट पोख्दै आन्दोलनकारीहरु सडक सघर्ष गर्दै आएका छन् ।
संबिधान सभाको संघीय समाजबादी फोरम नेपाल  लगायत ९ दल र बाहिर रहेको माओबादी बैद्य समुहको ३३ दलीय मोर्चामा आबद्ध रहेकादल र थारु आन्दोलनको लामो बन्दले उदयपुरको सदरमुकामलगायतजिल्लाको सबै शैक्षिक संस्थान, कलकारखानाउद्योग ब्यापार ब्यसाय सबै क्षेत्र बन्दहुदै आएको छ ।
थारुहरुको थारभूमिबाट छिन्नभिन्न र उपेक्षा गरेको भन्दै थरुहट राज्यको मागगर्दै पश्चिमबाट आन्दोलन शूरु भएको आन्दोलनउदयपुरमा समेत चर्को रुपमाबन्दै जानथालेको छ । आज आईतबार बिहानै देखि सदरमुकाम गाईघाट बजारमा पूर्ण रुपमा बन्द भएको छ ।

जिल्लामालामो तथा छोटो दुरीका सवारी साधनहरु नचल्दायात्रुहरु अलपत्र परेका छन् । यहाँका स्थानीयहरुलाई सहजपार्न किनमेलका लागि साँझ २घण्टा मात्र बजार खुलाएको बन्द कर्ताहरुले बताएका छन् ।

बन्द आब्हानकर्ताहरु छिटफुट रुपमा सडकमा देखिएपनिबजारको पसलहरु भने पूर्णबन्दभएको छ ।आदिबासीजनजाति र थारु कल्याणकारिणी सभाको बन्दकर्ता नगन्य सडकमा देखिएको भएपनि सदरमुका मगाईघाट बिहानैदेखि सुनसान रहेको थियो ।

देशब्यापी रुपको बन्दआब्हान गरेको आदिबासी जनजाति समुदायले जिल्लाको ब्यापारीकेन्द्रहरु कटारी,बेल्टार तथा मुर्कुचीबजार लगायतका आधादर्जन बजारहरुमा आन्दोलनकारीहरु सडकमा निस्किएका छन् ।

यहाँ बन्दका कारणले कुनै पनि पसल खोल्न सकेका छैन ।तर हलुका सवारी साधनफाट्टफुट चल्न शुरु भएको थियो । सदमुकामबाट पहाडी जिल्लाखोटाङ ,ओखलढुगा र जिल्लाकै पहाडी इलाकाहरुतिर यात्रु बाहक सबारी साधन समेत चल्न सकेको छैन भनिजिल्लाप्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी