मृगौला पीडित बालिकाको अपिल ‘मलाई बचाइ दिनुहोस् ’

मृगौला पीडित बालिकाको अपिल ‘मलाई बचाइ दिनुहोस् ’

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

सिन्धुपाल्चोक टेकानपुर ८ की १४ बर्षिय बालिका अप्सरा बोहराको दुबै मृगौला फेल भएकाले उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

बुबा सम्भु बोहरा र आमा खिका कुमारी बोहराकी छोरी १४ बर्षीय अप्सरा बोहराको दुवै मृगौला फेल भै यतिबेला काठमानडुको महाराजगंज स्थित सैनिक हस्पिटलको आइ सी यु बेड नम्बर ४ मा मृत्यु संग लडिरहेकी छिन ।

उनका परिवारका अनुसार गत ३ बर्ष देखि मृगौला पिडित अप्सरा बोहराको उपचार गराई राखिएको छ । उनको स्वास्थ्य झनै नाजुक बन्दै गैरहेको छ ।
उपचारको क्रममा रहेकी मृगौला पिडित अप्सरा बोहराको उपचार खर्च अहिले सम्म रु १३,००००० समाप्त भैसकेको छ र चिकित्सकहरुको अनुसार अझै उनको उपचारको निमित्त रु १५,००००० लाग्ने जनाईएकोले आफुहरुको आर्थिक अबस्था कमजोर रहेकाले सो रकम जुटाउन नसक्ने भन्दै परिवारले सहयोग गर्न आग्रह गरेका छन् ।

बिरामीको परिवारको आर्थिक स्थिति निकै नाजुक बन्दै गएको र आफु संग भएको जायज्याथा सबै समाप्त भएको कारण देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दयालु मनहरुमा बिनम्रता पुर्बक सहयोगको आशा गरिएको छ , तसर्थ दुवै मृगौला फेल भै उपचार गराई रहेकी अप्सरा बोहराको जिबन रक्ष्याको निमित्त सहयोग गर्न चाहने कोमल मनहरुले राष्ट्रिय बाणिज्य बैक को खाता नम्बर १०६००२८५४७१० मा आर्थिक जम्मा गरि दिई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

थप जानकारीको लागि बिरामीको बुबा सम्भु बोहरा मोबाइल नम्बर ९८४१८०१८४१ सम्पर्क गर्न सक्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ