युवा कवितामा सुवेदीको “पुल” प्रथम

युवा कवितामा सुवेदीको “पुल” प्रथम

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं ,६ भदौ ।

१९ देखि ३० वर्ष उमेरका युवा कविहरू प्रतियोगितामा भोजपुरका सुरज सुवेदीको “पुल” शीर्षकको कविता प्रथम भएको छ ।

बुकआर्ट नेपाल र रिडमोर प्रकाशनले विमर्श नेपालको संयोजनमा हालै गरेको प्रतियोगितामा इलाममा महेश बराल र रुकुमका समिर गौतम क्रमशः द्वितीय र तृतीय भएका छन् ।

दाङ्का नवीन अभिलाशी र कैलालीका विकास थापाले सान्त्वना पुरस्कार जितेका छन् ।
विजयीमा, प्राथमले बीस हजार, द्वितीयले पन्ध्र हजार, तृतीयले दस हजार र सान्त्वना पुरस्कार विजेताले जनही पाँच पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

पैैतालीस जिल्लबाट प्राप्त ८३ कविताका बीच सम्पन्न यस प्रतियोगिताका उत्कष्ट २५ कविले कार्यक्रममा आफ्ना कविता सुनाए ।

ती सबै कविता पुस्तक आकारमा प्रकाशन गर्ने बुकआर्ट नेपालले जनाएको छ ।
कार्यक्रममा अतिथि कविको रुपमा दिनेश अधिकारी, श्रवण मुकारुङ्, नवराज लम्साल र राजकुमार बराले पनि कविता सुनाएका थिए ।

प्रतियोगिताको आयोजना बुकआर्ट नेपाल र रिडमोर प्रकाशनले विमर्श नेपालको संयोजनमा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी