नायिका रेखाले सार्वजनिक गरिन् पौड्यालको तादी

नायिका रेखाले सार्वजनिक गरिन् पौड्यालको तादी

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, ६ भदौ ।

नायिका रेखा थापाले साहित्यकार महेश पौड्यालको उपन्यास तादी किनारको गीतको राजधानीमा सार्वजनिक गरेकी छिन् ।

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार जितेको यस पुस्तकलाई बुकआर्ट नेपालले शनिबार बजारमा ल्याएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको अन्तर्राष्ट्रिय पुस्तक मेलामा थापाले कृतिको लोकार्पण गर्दै लेखक पौड्याललाई बधाई तथा शुभकामना दिइन् । उनले पछिल्लो समय आफू साहित्यतिर निकै आकृष्ट भएको, तथा साहित्य र चलचित्र एकै ठाउँ आइपुग्दा उत्कृष्ट काम हुन सक्ने बताइन् ।

कृतिका बारेमा युवा लेखक गणेश ढुङ्गाना र समालोचक राजकुमार बरालले टिप्पणी गरेका थिए । ढुङ्गानाले कृति किशोरहरूको मनोविज्ञान समाउन सफल भएको बनाए भने बरालले कृति सबाल्टर्न अध्ययनमा एक नयाँ पाइलो बताए ।

उपन्यासले काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटमा माझीको संघर्ष र रुपान्तरणको कथा बोकेको छ र बालविवाहको प्रचलनले बालबालिका र किशोरकिशोरीमा पर्ने शारीरिक र मनोवैज्ञानिक असरलाई खोतलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी