काठमाडौ ६ भदौ ।
विशेष अधिकारसहित कर्णाली स्वयत्त प्रदेशको माग गर्दै जुम्लामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि घाइते भएका एक जनाको ज्यान मृत्यु भएको छ ।
गत साउन ३१ गते प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका जुम्ला वाम्दी गाविसका ३० वर्षीय हरिबहादुर कुँवरको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
एकिकृत नेकपा माओवादीका कार्यकर्ता समेत रहनु भएका कुँवरलाई गत साउन ३२ गते हेलिकप्टरबाट उपचारका लागि काठमाडौ ल्याइएको थियो ।
पोष्मार्टमपछि कुँवरको शव आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ । यसैबीच कुवारलाई श्रद्धान्जली दिन एकिकृत माओवादीका नेताहरु शिक्षण अस्पताल पुग्दैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline