भूकम्प पीडितलाई थप रकम वितरण गर्ने सरकारको तयारी

भूकम्प पीडितलाई थप रकम वितरण गर्ने सरकारको तयारी

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ६ भदौ । सरकारले गत वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित पीडितलाई थप रकम वितरणको तयारी गरेको छ ।

रकम वितरणका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुगेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ गोविन्द पोख्रेलले जानकारी दिनुभयो ।

कार्यविधि बन्ने वित्तिकै सरकारले विभिन्न चरणमा रकम बाँड्ने तयारी गरेको उहाँको भनाई छ । पीडितले घर बनाएको आधारमा रकम वितरण गर्ने सरकारको तयारी छ ।

यसअघि सरकारले अस्थायी टहरा बनाउनको लागि १५ हजार रुपैयाँ वितरण गरेको थियो ।

भूकम्प पीडितलाई परिचयपत्रको आधारमा दुईलाख रुपैयाँ दिने सरकारले यसअघि नै घोषणा गरेपनि कतिपय पीडितले १५ हजार समेत नपाएको गुनासो गर्दै आएका छन् ।

अर्थ मन्त्रालयले भूकम्प पीडितलाई दिन ९१ अर्ब रुपैयाँ छुट्याएको जनाएपनि समन्वयको अभावमा रकम मन्त्रालय मै थन्किएको छ ।

शहरी विकास मन्त्रालयको योजनामा अर्थ मन्त्रालयले रकम निकासा गर्नुपर्ने भएपनि समन्वय अभावमा पीडितले रकम नपाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ