नेपाल र चीनबीच थप ३ नाका विस्तार गर्ने सहमति

नेपाल र चीनबीच थप ३ नाका विस्तार गर्ने सहमति

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ ६ भदौ  नेपाल र चीनबीच द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि थप ३ ओटा नाका विस्तार गर्ने सहमति भएको छ ।

काठमाडौंमा सम्पन्न नेपाल र चीन स्वशासित क्षेत्र तिब्बत व्यापार सहजीकरण समितिको छैटौं बैठकमा यस्तो सहमति जुटेको हो ।

बैठकमा हाल सञ्चालनमा रहेका ६ वटा भन्सार नाकामा पूर्वाधार विकास गर्ने सहमति पनि भएको नेपालका तर्फबाट बैठकमा सहभागी हुनुभएका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले बताउनु भयो ।
सम्झौता अनुसार गोरखाको छेकम्पार र लार्के, दोलखाको लामाबगर र मुगुबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने अतिरिक्त ३ व्यापारिक नाका स्थापना गरिनेछ ।

हाल हुम्लाको यारी, मुस्ताङको लिजा, रसुवाको जिलोङ र सिन्धुपाल्चोकको तातोपानी लगायत ६ नाका सञ्चालनमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी