धनगढी, ५ भदौ ।
पश्चिमी मुलुकले विश्वबाटै हिन्दुको अस्तित्व समाप्त गर्न विभिन्न प्रकारका षड्यन्त्रहरु गर्दै आएको स्वामी कमलनयन आचार्यले बताएका छन् ।
विश्वमै एकमात्र हिन्दु राष्ट्रका नाममा चिनिने नेपालमा पनि पश्चिमी मुलुकले हिन्दु धर्म समाप्त पार्न विभिन्न प्रकारका आक्रमण गरिरहेको बताए ।
हिन्दु राष्ट्र संरक्षण संघर्ष समिति धनगढीले आयोजना गरेको धर्म सभालाई सम्बोधन गर्दै स्वामी आचार्यले अहिले पश्चिमी मुलुकले नेपालबाट हिन्दु धर्मको समाप्त गर्न गरिव तथा उत्पीडनमा परेका वर्गलाई प्रलोभनमा पारि हिन्दुको विरोध गर्न लगाईरहेको बताए ।
डलरको खेती गर्दै पश्चिमी मुलुकले सत्तामा बसेका राजनीतिक दलहरुलाई फसाएर नेपाललाई धर्म निरपक्षेता घोषणा गर्न लगाईरहेको बताउँदै उनले राजनीतिक दलहरु पनि अहिले किनबेचमा लागेको हुँदा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न डराईरहेको आरोप लगाए ।
विदेशी डलरमा फसेकै कारण अहिले राज्यको कुनै धर्म नहुने भन्दै हिन्दु धर्मावलम्बीहरुलाई शान्त गराउन राजनीतिक दलहरु लागेको उनले बताए ।
‘प्राचिन वैज्ञानिक धर्म संस्कृतिलाई छाडेर परधर्ममा जानेको कसरी विश्वास गर्न सकिन्छ ?’ उनले भने, ‘त्यस्ताले प्रलोभनमा आफ्ना मातापिता पनि बेच्न सक्छन् ।’
स्वामी आचार्यले भदौ ८ गते हिन्दु राष्ट्र कायम गर्न दबाब स्वरुप काठमाण्डौँमा वृहत मोटर साईकल ¥याली निकाल्ने र ९ गते संविधानसभा भवन अगाडि सत्याग्रह गर्ने कार्यक्रम रहेको हुँदा सुदूरपश्चिमबाट पनि हिन्दु धर्मावलम्बीहरु एकभएर सहभागि हुन आग्रह गरे ।
कार्यक्रमका अध्यक्ष स्वामी १००८ देवराज आचार्यले धर्म, दर्शन, गणित, योग, संस्कृति, सभ्यताको जन्म भएको देशको योग र दर्शनले विश्वमा राज गरिरहेका बेला विदेशीको इशारामा उनीहरूको हरियो युरो डलर खाएर जनभावनाविपरित अलोकतान्त्रिक तरिकाले हिन्दूराष्ट्र हटाइनु राष्ट्रद्रोह भएको र त्यसलाई तुरुन्त सच्याएर हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने बताए ।
कार्यक्रममा हिन्दु राष्ट्र संरक्षण समितिका केन्द्रिय महासचिव एलपी भानु शर्माले ‘सबै हिन्दु धर्मावलम्बीहरु एक जुट नभएकै कारण देशमा धर्म निरपक्षेता ल्याउन खोजीएकोले अब सबै ९४ प्रतिशत हिन्दु धर्मावलम्बीहरु एक जुट भएर नलागे भोलीका दिन हिन्दु धर्म नास हुने अवस्था आएको बताए ।
‘छुवाछुत, जातीय विभेद जस्ता कुसंस्कारहरु हिन्दुको बेदमा छैन्’ कार्यक्रममा स्वामी हरि प्रपन्न आचार्यले भने ‘यो राजनीतिक दल र पश्चिमी मुलुकले जवरजस्ती भित्र्एको संस्कार हो ।’ हाम्रो हिन्दु धर्मलाई समाप्त पार्न पश्चिमी मुलुक र हिन्दु धर्म विरोधीहरुले यस्तो कार्य गरिरहेको स्वामी हरि प्रपन्न आचार्यले आरोप लगाए ।
‘राष्ट्रिय चरा हुने, राष्ट्रिय जनावर हुने, राष्ट्रिय गान हुने तर राष्ट्रिय धर्म किन नहुने ?’ कार्यक्रममा सुवास न्यौपानेले प्रश्न गरे ‘विश्वका अन्य राष्ट्रहरुको पनि आप्mनै धर्म छ, संस्कार छ तर, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न किन गाह्रो ।’
भूखण्डमात्रै नभएर सम्बन्धित मुलुकमा बस्ने जनता र ती जनताले अवलम्बन गर्ने धर्म, संस्कृति, रीतिरिवाज सबैको संयुक्त सम्बोधन राष्ट्र भएको उनले बताए ।
नेपाललाई सेकुलर अर्थात् धर्मनिरपेक्ष हुनुपर्छ भन्ने नर्बे, स्वीडेन, बेलायतलगायतका देश आफू धर्मसापेक्ष रहेको उनले बताए । धर्मनिरपेक्षता ईशाइ मेसिनरी भित्र्याएर राष्ट्र विखण्डन गराउने षड्यन्त्र भएको उनको कथन थियो ।
ईशाइ मिसिनरी पसेका सुडान, नाइजेरिया, रुवान्डा फुटेका छन् । रुवान्डा, नाइजेरियामा ईशाइले निश्चित जातिलाई उचालेर द्वन्द्व चर्काउँदा पचासौँ लाख नागरिक मारिए, पचासौँ लाख घरवारविहीन भए ।
त्यस्तै गराउन खोजिँदैछ नेपाललाई पनि । थाइल्यान्ड, जापान, म्यानमार, भूटान, तिब्बतजस्ता देशको नेपाल गुरुदेश त हुँदै हो । जिससले पनि नेपाल आएर धर्म सिकेका कारण नेपाल जिससको पनि गुरु देश हो ।
ईशाइ धर्म दुईहजार वर्ष पुरानो, ईस्लाम धर्म चौधसय वर्ष पुरानो, बुद्धधर्म पच्चीससय वर्ष पुरानो हो भने सनातन हिन्दूधर्म एक अर्ब पन्चानब्बे करोड अन्ठाउन्न लाख पचासी हजार एकसय सोह्र वर्ष पुरानो अर्थात सृष्टिसँगै आएको र विश्वका चर्चित दार्शनिक वैज्ञानिक महामनिषिबाट सर्वाधिक प्रशंसित धर्म हो उनले भने ।
सभामा हिन्दु राष्ट्र संरक्षण संघर्ष समिति धनगढीका संयोजक हरि रेग्मीले विज्ञानको आधारस्तम्भ र जिवनदर्शन वेद रहेको बताए । उनले विज्ञानले अहिले उत्पादन गरेका सामाग्री, औषधीका सबै कुरा बेदमा उल्लेख रहेको बताए ।
कार्यक्रममा युवा नेता तेजु खड्का, त्रिपुरा धामका अध्यक्ष श्याम तायल, ब्रहम समाजका केन्द्रिय सल्लाहकार विनोद भट्टराई, बासुदेव गौतम, देवेन्द्र भट्ट, राजकुमार चौधरी, देवकी भट्ट, गोविन्द आचार्य, धर्मराज जोशी लगायतले मन्तव्य राख्दै नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग राखेका थिए ।
संविधानमा नेपाललाई हिन्दूराष्ट्र उल्लेख गर्नुृपर्छ भन्ने आवाज देशका कुनाकुनाबाट विभिन्न शैलीमा उठिरहेका छन् । हिन्दूराष्ट्रका अभियन्ता त्यसका लागि जनतालाई जागरुक गराउन, परेको खण्डमा सशक्त भएर सडकमा उत्रने पनि उनीहरुले बताएका थिए ।
सभामा संघर्ष समितिका सदस्य लाल बहादुर कठायतले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन छत्र शाहले गरेका थिए । कार्यक्रममा कैलालीको अत्तरिया र कञ्चनपुरको पुनर्वासबाट पनि हिन्दु धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।
धर्म सभा शुरु गर्नु अधि हिन्दु राष्ट्र संरक्षण संघर्ष समितिले धनगढीदेखि गेटा विमानस्थलसम्म मोटरसाईकल ¥याली रचौराहदेखि पार्कमोडसम्म शान्तिपूर्ण ¥याली निकालेको थियो ।