चरेससहित दिदी बहिनी पक्राउ

चरेससहित दिदी बहिनी पक्राउ

  • शनिबार, भदौ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, ५ भदौ ।

रुपन्देहीको सीमा नाका बेलहियामा लागुऔषध चरेससहित दिदी बहिनी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाग्लुङ्ग निसी ९ की २९ बर्षीया बिमला घर्तीमगर र निसी ७ की ३२ बर्षीया कुमारी घर्ती मगर छिन् । उनीहरु ठुली आमा र सानी आमाकी छोरी भएकी बताईएको छ ।

बुटवल बसपार्कबाट पौने दुई किलो चरेस लिएर भारतको चन्डीगढ जाने क्रममा उनीहरुलाई सीमा क्षेत्रमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपालले सोधपुछको क्रममा उनीहरुको झोलाबाट लागुऔषध भेटिएपछि ईलाका प्रहरी कार्यालय बेलहीयालाई बुझाइएको हो ।

पक्राउ परेका दुवै दिदी बहिनीलाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ