भैरहवा , ५ भदौ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा आज बिहान ११ बजेदेखि आउँदो बुधबार बेलुका ६ बजेसम्मका लागि सभा, जुलुस, सम्मेलन गर्न नपाउने तथा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकपछि प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
भैरहवाबाट पूर्व बसन्तपुर गाविस, पश्चिम गौतमबुद्ध विमानस्थलको मायादेबी मन्दीर, उत्तरमा विद्युत प्राधिकरणको कार्यालय र दक्षिणमा बेलहिया बाइपास सडकसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।
यसअघि बिहीबार बन्दका क्रममा भैरहवामा अवस्था तनावपूर्ण भएको थियो । बिहीबार र शुक्रबार राति कर्फ्यू लगाइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline