काठमाडौं, ५ भदौ ।
धनुषाको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न माग गर्दै ५५ हजार भन्दा बढी हस्ताक्षर संकलन गरि सरकारलाई बुझाइएको छ ।
भोर संस्थाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ५५ हजार भन्दा बढी मानिसकोे हस्ताक्षर संकलन गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागलाई बुझाएको हो ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई संकलित हस्ताक्षर बुझाइएको संस्थाका अध्यक्ष एवं हास्ताक्षर अभियानका संयोजक राजकुमार महतोले जानकारी दिनुभयो ।
उता विभागले युनेस्कोको विश्व सम्पदा सूची केन्द्रको कार्य विधि अनुरुप जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सूचिकृत गराउन नोमिनेशन फाइल तयार पारी पेश गर्न प्रतिबद्ध रहेको विभागका महानिर्देशक दाहालले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline