सप्तरीमा बन्दकर्ताद्वारा ट्रकमा आगजनी

सप्तरीमा बन्दकर्ताद्वारा ट्रकमा आगजनी

  • शनिबार, भदौ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सप्तरी, ५ भदौ ।

सप्तरीको भारदह–पोर्ताहा सडक खण्डमा आ बन्दको अवज्ञा गरेको भन्दै बिहान बन्दकर्ताले दुई वटा मालबाहक ट्रकमा आगजनी गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदह–पोर्ताहा सडक खण्डमा नै एउटा यात्रु गाडीमाथि तोडफोड पनि गरेका छन् ।

बन्दकर्ताले तोडफोड गर्न थालेपछि बस अनियन्त्रित भएर पल्टिँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बन्दको अबज्ञा गरेको भन्दै बन्दकर्ताले पोर्ताहा–५ को सडकमा पश्चिमबाट पूर्व पश्चिमका लागि छुटेको ना ३ ख ७३०० नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् । आगजनीका कारण ट्रक पुर्ण रुपमै क्षतिग्रस्त भएको छ ।

यसैगरी भारदह–१ स्थित सडक खण्डमा बन्दकर्ताले पूर्वबाट पश्चिमका लागि छुटेको को १ ख ३३८९ नम्बरको मिनि ट्रकमा समेत आगजनी गरेका छन् ।
पुर्वका लागि छुटेको ना ४ ख ४२६६ नम्बरको यात्रु बसमा बन्दकर्ताले तोडफोड गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी