काठमाडौं, ५ भदौ ।
सल्यानमा जंगली च्याउ खादा १४ जना बिरामी परेका छन् ।
हिजो बेलुका जंगलमा घाँसकाट्न गएको बेला टिपेर ल्याएको विषालु च्याउ खाएपछि शारदा नगरपालिका–६ डौरेडाडाका चार परिवारका १४ जना बिरामी परेका हुन् ।
विरामी हुनेमा २३ वर्षीय उपेन्द्र विष्ट उनकी श्रीमती २३ वर्षीय गीता र पाँच वर्षका २ छोरीहरु रहेका छन ।
यस्तै ३५ वर्षीय खुमबहादुर बस्नेत उनकी ३० वर्षीय श्रीमती टेगी, १० वर्षकी छोरी प्रमिला, छोराहरु ९ वर्षका दिपक र पाँच वर्षका दिपु छन्
। यसैगरी २५ वर्षीय शारदा बस्नेत, उनकी सासु ५० वर्षीय तिली कुमारी र छोरीहरु ९ वर्षकी पुष्पा र पवित्रा पनि बिरामी परेका छन् ।
मामाघर गएका शारदा नगरपालिका–४ सुनटाकुराका ८ वर्षीय केशव थापा पनि विषालु च्याउ खादा बिरामी परेका छन् ।
उनिहरु सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । सबैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल सल्यानका डा. अच्युत आचार्यले जानकारी दिनुभयो ।