काठमाडौ ५ भदौ ।
अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरको झडपपछि तनावग्रस्त स्थीतिलाई नियन्त्रणमा लिन कैलालीको टीकापुर नगरपालिका र दुर्गौलीमा लगाएको कर्फ्य आज बिहानबाट हटाइएको छ ।
स्थानीय प्रशासनले गएराति राती ९ बजेदेखि लगाइएको कर्फ्यु बिहान ६ बजेबाट हटाइएको हो । कर्फ्य हटाएपनि निषेधाज्ञा भने जारी राखेको छ ।
झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी राखेको स्थानीय प्रशासनले जनाएको छ ।
निषेधाज्ञामा कुनै पनि प्रकारको सभा, सम्मेलन, र्याली र समूहमा बस्न रोक लगाइएको छ ।
अखण्ड सुदूरपश्चिम पक्षधरहरुको मोटरसाईकल यालीमा थरुहट पक्षधरले अवरोध गरेपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले हिजो टीकापुरमा कर्फ्यु जारी गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline