सिरहा ,५ भदौ ।
मधेश आन्दोलनबाट धेरै नेता जन्मिए ,उनीहर मन्त्री पनि भए तर मधेशी जनताले के पाए ? २०६३ सालको मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोका बुवाको प्रश्न हो यो ।
लहान बजार देखि १८ किलोमिटर दक्षीण पश्चिम सिरहाको फुलबरीया मझौरामा शुक्रवार पुग्दा घरमा सहिदका बुबा रवी ,आमा रानो र दाजु बालकृष्ण थिए ।
रविले निराश हुदै भने ,‘सहिदको वलिदान खेर गयो । मेरो छोराको बलिदान केहि मान्छेलाई मन्त्री नेता र माननीय बनाउन मात्रै थिएन ।’
नौ बर्ष अघिको मधेश आन्दोलन र छोरा रमेशका बिषयमा कुरा सुरु गर्दा आमा रानो भक्कानिईन् ।
संबिधानको बिषयमा केहि बताउन नजान्ने उनले भनिन् , ‘धेरै छोराका आमा यसरीनै राईरहेका छन् । आँसु पुछ्ने नेता कोहि भएनन् । ’
संयुत्त लोकतान्तिक मधेशी मोर्चाका नेताहरुले अबको आन्दोलनमा सहिद हुने परिवारलाई ५० लाख नगद , नोकरी र शिक्षाको प्रबन्ध गर्ने घोषणा गरेको पनि रमेशका बाबुआमाले सुनेका छन् ।
फोरमका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको वचन त पुरा गरेनन् । अब के होला ? रविले भने ‘मधेशी जनताको अधिकार प्राप्तीका लागी एउटा छोरा सहिद भयो ,हामीजस्ता धेरै छोराले तपाईलाई सहारा दिन्छौ भनेका थिए । खोई त्यसपछि कोहि आएनन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।