सुनको भाउ एकै दिन १ हजार ४ सयले बढ्यो

सुनको भाउ एकै दिन १ हजार ४ सयले बढ्यो

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं,४ भदौ ।

सुनको भाउ आज एकै दिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । आज सुन ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ । हिजो सुन ४९ हजार ९ सय ५० मा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज एकै दिन सुन प्रतिऔंस २७ डलरले बढेर १ हजार १ सय ६५ पुगेकाले नेपालमा पनि यसको प्रभाब परेको ब्यबसायीले बताएका छन । चिनको मुद्रा युआनको डलर विनिमय दर कमजोर हुनुलाई पनि अन्तराष्ट्रिय विश्लेषकहरुले सुनको भाउ बढ्नुको कारण मानेका छन ।

नेपाली बजारमा हरितालिका तीजलगायत चाडबाडको आउदै गरेकाले सुनको माग बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी