अविरल वर्षाका कारण देशका विभिन्न नदी र खोलामा बाढी

अविरल वर्षाका कारण देशका विभिन्न नदी र खोलामा बाढी

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, ४ भदौ ।

रातभरीको अविरल वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ ।

काठमाडौंमा बागमती नदीमा राति २ बजेदेखि आएको बाढी सुकुम्बासी बस्तीमा पसेपछि नदी किनार आसपासका करिब ३५ परिवार विस्थापित भएका छन् ।

उता बबई नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढिरहेकाले सतर्क रहन र आफ्ना सामान सुरक्षित तरिकाले राख्न नदी आसपासका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

रातभर ठूलो पानी परेकाले देशका अरु नदी तथा खोलामा पनि बाढी आउनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यका सहित पूर्वी र मध्य क्षेत्रमा ठूलो वर्षा भएको छ भने मध्यपश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पनि पानी परेको छ।

आज पनि ठूलो पानी पर्ने अनुमान गरिएकाले नदी आसपास र पहिरोको खतरा भएका ठाउँमा बासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।

भोलि पनि पानी पर्ने र पर्सिदेखि मौसममा केहि सुधार आउने मौसमविद् समिर श्रेष्ठलको भनाई

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी