भक्तपुर
नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले बिदेशी ग्राण्ड डिजाईन कै कारण राजनीतिक दलहरु असफल बन्दै गएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेरको साक्षतकार कार्यक्रममा बोल्दै कोईरालाले राजनीतिक दलका नेताहरुले संविधान जारी तर्फ अगाडि नबढी ग्राण्ड डिजाइनमा फसे, देशले ठूलो विपद थेग्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो देश संघियतामा गइसकेको र यसले निम्ताउनेको समस्या समाधानमा उत्तम उपाय पाँच विकास क्षेत्र बाहेक अर्को विकल्प नभएको भन्र्दै गिरिजा प्रसाद कोइरालालाई भूल्दाको परिणाम आज सिमांकन र नामांकनमा देखिएको छ ।
पाँच विकास क्षेत्र कुनै ब्यक्तिको अवधारणा भएको भन्ने भनाईहरु गलत भएको र यो नेपाल सुहाँउदो रहेको उहाँले बताउनु भयो । तराई र पहाडका नेपाली मिलेर बसेका छन् यसरी मिलेर बसेको देख्न नसक्नेहरुले तराई पहाड टुक्राउन लागि परेको र त्यस क्षेत्रका जनता यस्ता खेलको विपक्षमा रहेकाले समेत विभिन्न स्थानमा आन्दोलनको स्वरुप देखा परेको भन्दै शिर्ष नेताहरुलाई बेलैमा पाँच विकासको अवधारण तर्फ ध्यान दिन आग्रह गर्नु भयो ।
उहाँले अव शिर्ष नेताहरुले बेलैमा सजगत अपनाएर अग्रसर नबने ग्राण्ड डिजाईनको पासोमा पर्ने र देश असफल बन्नुका साथै राजनीतिक दलहरुको अस्तित्व सकिने बताउनु भयो । उहाँले भन्नु भयो संविधान जारी गर्न नदिन विभिन्न खालका बिदेशी शक्तिहरु ग्राण्ड डिजाइनका साथ लागि परेको तर्फ दलहका नेताहरुले बेलामै सचेत हुन आग्रह गर्नु भयो ।
संक्रमणकालिन अवस्थाको अन्त्य भन्दा पनि पदको लोभ र विभिन्न खालका दबाबकै कारण शिर्ष नेता सरकार र प्रतिपक्ष असफल बन्दै गएको उहाँको टिप्पणी गर्नु भयो । उहाँले भन्नु भयो संविधान जारीलाई पहिलो प्राथामिकतामा राखेर महाधिबेशन सार्ने हो भने त्यसलाई बैधानिक रुप दिएर सार्नु पर्छ । संविधान जारी पश्चातको महाधिबेशन राजनीतिक नेता कार्यकर्ताका लागि समेत उपयुक्त हुने भन्दै महाधिबेशन सर्ने नसर्ने विषयमा कार्यकर्ता अन्यौलमा रहेको उहाँको भनाई थियो ।
उहाँले भन्नु भयो नेपाली काँग्रेको आउँदो महाधिबेशनमा आफू पनि सभापतिका लागि योग्य रहेको र आफ्नो पनि सभापतिका लागि मनोनयन दर्ता हुने छ ।