विभिन्न कार्यक्रम गरि आज आठौं राष्ट्रिय सुचना मनाइदै

विभिन्न कार्यक्रम गरि आज आठौं राष्ट्रिय सुचना मनाइदै

  • बिहिबार, भदौ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, ३ भदौ ।

आज आठौं राष्ट्रिय सुचना दिवस । नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ ।

सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन २०६४ साल भदौ ३ गतेदेखि दिवस मनाउन थालिएको हो

दिवसका अवसरमा शुभकामना दिनुहुदै प्रधानमन्त्री शुशील कोइरालाले बर्तमान युग संचारको युग भएकाले लोकतान्त्रिक समाजमा सुचनाको हकले महत्वपुर्ण स्थान ओगटेको बताउनुभएको छ ।

सत्य तथ्य सुचनाले नै सरकार र गैरसरकारी निकायलाई नागरिकप्रति उत्तरदायी बनाएको उहाको भनाई छ । प्रधानमन्त्री कोइरालाले बर्तमान सरकार लोकतन्त्रको मुल्य मान्यता र आदर्शप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

यस्तै दिवसको अवसरमा प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कानुनले श्रृजना गरेको आ आफ्नो दायित्व इमान्दारितापुर्वक पालना गरि सुचनाको हरेक प्रचलन र कार्यान्वयनमा सघाउ पु¥याउने सबैमा धन्यवाद तथा बधाई ज्ञापन गर्नु भएको छ ।

यस्तै संविधनसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आम नागरिकलाई आफ्नो अधिकारप्रति सजग र सचेत तुल्याउन सुचना आयोगले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

दिवसको अवसरमा सुचना तथा संचारमन्त्री डा मिनेन्द्र रिजालले आजको दिन नागरिको सुचना माग्ने र पाउने हकको आरम्भ भएको पुनित दिन भएको बताउनुभयो छ ।

यस्तै सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्ण्महरि वास्कोटा र राष्ट्रिय सुचना आयोगले समेत राष्ट्रिय सुचना दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी