भोलीदेखि मौसममा क्रमिक सुधार आउछ : मौसमविद

भोलीदेखि मौसममा क्रमिक सुधार आउछ : मौसमविद

  • बिहिबार, भदौ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, ३ भदौ ।

पूर्वका एक दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने जल तथा मौसम पुर्वाअनुमान महासाखाले अनुमान गरेको छ ।

पानी पार्ने न्यूनचापीय रेखा नेपालमा रहेको र त्योसँगै पूर्वमा न्यूनचापीय क्षेत्र बनेकाले बढी प्रभाव परेको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

देशको मध्य र पूर्वका धेरै ठाउँमा रातीदेखि नै पानी परिरहेको छ । दिउँसो १२ बजेतिर पानी पर्न रोकिएपनि फेरि झरी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले भनाई छ ।

बारा, पर्सा, रौतहट आसपासका ठाउँमा धेरै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज बेलुकादेखि पानी पर्न विस्तारै कम हुने र भोलिदेखि मौसममा क्रमिक सुधार आउने मौसमविदहरुले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी