काठमाण्डौ,२ भदौ ।
मुस्ताङको थोरङ्लापास क्षेत्रमा नेपाली सेनाले दोस्रो चरणको फोहोर संकलन तथा व्यवस्थापन काम सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी नरहरी बरालको पहलमा वातावरण संरक्षण तथा पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने उद्देश्यले फोहोर संकलन गरी व्यवस्थापन गरिएको हो ।
पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्ग अन्तर्गत मुस्ताङ र मनाङको सीमानामा पर्ने ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोरङ्लापास क्षेत्रमा पर्यटक तथा पदमार्गीले गरेको फोहोर संकलन तथा व्यवस्थापन गरिएको भीमदल गण मुस्ताङले जनाएको छ ।
मुस्ताङको पर्यटकीय क्षेत्रमा पुगेको क्षति र अन्नपूर्ण पदमार्ग पर्यटकका लागि सुरक्षित भए नभएको स्थलगत जानकारीका लागि अनुगमन पनि गरिएको प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline