काठमाडौ २ भदौ ।
काठमाडौ उपत्यका सहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो क्रम आज दिनभर चल्नेछ ।
पूर्वमा मौसमी प्रणाली सक्रिय भएकाले आज पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङग बताउनुभयो ।
यसैबीच गएराती देखिको अविरल वर्षाका कारण मुलुकभरका नदीमा पानीको सतह बढेको छ ।
कोशीको चतरामा पानीको सतह बढ्दै गएपनि तत्काल बाढीको खतरा भने नरहेको बाढी पूर्वानुमान विभागले जनाएको छ । यद्यपी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन भने आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline