एक ब्यत्ति अनेक प्रतिभा

एक ब्यत्ति अनेक प्रतिभा

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 31.5K
    SHARES

उ बेलाअभिनय,नृत्य अनि नाटक भन्ने बित्तिकै हुरुक्कै हुन्थे उनी ।
उनीअर्थात् पूर्वी नेपालको कांकरभिट्टाका स्थानीय युवाहरु माझ डम्बर भनेर चिनिने २८ वर्षे संघर्षशिल युवा सम्भव श्रेष्ठ । भविष्यमा अभिनय र नृत्य संगै नाटकको दुनियांमा एउटा कुशल कलाकारको रुपमा बेग्लै पहिचान स्थापित गर्ने सपना बुनेका थिए उनले ।

मेचीनगर १० स्थित बर्मेली टोलका प्रतिभावान् युवा उनको लगातारको अथक प्रयास अनि निरन्तरको संघर्षपछि त्यो अधुरो सपना अन्तत पूरा भएको छ । सगरमाथा पहाडी जिल्लाखोटाङ सदरमुकाम दिक्तेलमा बुवा दलबहादूर र आमा इच्छामाया श्रेष्ठको साईंलो सन्तानका रुपमावि.स. २०४३ सालमा जन्मिएका उनी आफ्नो नाउं झैं कुनै क्षेत्रमा स्थापित हुन योजना निर्माण गरी भगिरथ प्रयत्न र लगनशिल बन्ने हो भने लक्ष्य हांसिल गर्न सम्भव हुने तर्क अघि सार्छन् ।

झण्डै  एक दशक अघि मार्सल आट्र्स अन्र्तगतको तेक्वान्दो खेलको प्रशिक्षार्थी हुंदै सफल प्रशिक्षकको समेत छुट्टै छाप छोडेका श्रेष्ठले आफ्नो मिसनलाई साकार पारेरै छाडे ।

करिब २८ वर्षअघि जन्मथलोबाट सपरिवार बसाई सरी मेचीनगर आएका उनले तत्कालिन कांकरभिट्टा माविमा प्रवेशिका उत्तीर्ण गरी कांकरभिट्टा बहुमुखी क्याम्पसबाट मानविकि संकायतर्फ स्नातकतहसम्मको अध्ययन पुरा गरेका छन् । नाटक र नृत्य बारेको प्रशिक्षण पछि काठमाण्डौंस्थित एक्टर स्टुडियोबाट सुपरिचित अभिनय प्रशिक्षक अनुप बरालबाट अभिनयको समेत प्रशिक्षण लिएकाश्रेष्ठ झण्डै ४ वर्ष अघिदेखि ब्यवसायिक ढङ्गले अभिनयको गारेटोमायात्रारत् छन् ।

उनले सन् २०११ मा काठमाण्डौ पुगेर द र्याम्पमोडलिङ टेनि सेन्टरमार्फत मोडलिङ सम्बन्धि पनि तालिम लिए । भाग्य भन्दापनि कर्ममा विश्वास गर्नेे मेहनती युवा उनी भन्छन् , अभिनय, नृत्य र नाटक मेरो बाल्यावस्थादेखि रुचीका विषयथिए,यी कुराहरु मैले सानैदेखि छिटफुट मात्रामा सिक्दै आए पनि तर, तेक्वान्दोलाई भने निरन्तरता दिन सकिन । श्रेष्ठ थप्छन् , दईवटा नाउमा खुट्टा हाल्दाकतै असफलभईने पो हो कीभन्ने डर पनिभो , त्यसैले एउटा पाटोलाई चैं निरन्तरतादिने कोसिस गर्दैछु ।

अनि बिहे चैं कहिले गर्ने त भन्ने मिर्मिरे अनलाइनको प्रश्नको जवाफदिंदै श्रेष्ठले भने, अहिले करियरलाई फोकस गर्दैछु अनिमात्रै त्यसबारे सोच्नुपर्ला । आधा काठमाण्डौं र आधा समय कांकरभिट्टामा ब्यतितगर्ने युवाकलाकार श्रेष्ठले पहिलो पटक मायामायालाई मअनमोल भन्छुबोलको गीत समेटिएको म्यूजिक भिडियोमा अभिनय गरे । मिलन अमात्यको स्वरमा सजिएको युवा पुस्तामाझ लोकप्रिय उक्त गीतकोम् यूजिक भिडियोमा सुदिप बरालले निर्देशन र दिपकशर्माले संगीत भरेका छन् ।

उनले रोम्यन लिम्बूको निर्देशन , रोमावनेमको स्वर,संगीत र शब्द रचना रहेको कोशीब्यारेजमाबोलको गीतमापनिअभिनय गरेका छन् ।
त्यस्तै जिवनमा हरेस नखाई काम गरे अवश्य सफल भइन्छ भन्ने सन्देशमूलकचलचित्रनागबेलीमापनिउनीपहिलो पटक नायकको भूमिकामा देखिए ।

फिल्मीयात्रामापहिलो पटक सो चलचित्रमाएक्सननायकको रुपमा डेब्यू गर्ने अवसर मिलेको उनी सुनाउंछन् । रोम्यन लिम्बूको निर्माण, गोविन्द राईको निर्देशनअनि रामशरण उप्रेतीले छायाङ्कन गरेको उक्तचलचित्र देश ब्यापीप्रर्दशनमाआईसकेको छ । पछिल्लो समय उनीकोशी पहाडमा सुटिङका क्रममा रहेको फुटबल खेल सम्बन्धिचलचित्रदोखमाब्यस्त छन् । फुटबल खेलसंग सम्बन्धितयर्थाथ घटनामा आधारित फुटबलको पहिलो ऐतिहासिकउक्तचलचित्रमापनिउनको अभिनय रहेको छ ।

अहिले सुटिङको तयारीमा रहेकाचलचित्र र नयां म्यूजिक भिडियोबाट अभिनयको अफर आउने गरेको श्रेष्ठ सुनाउंछन् । उनी भन्छन् ,अबयहि क्षेत्रमार्फत् भविष्य खोज्नु पर्ला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी