प्रदेश नं. ५ मा राखिएको विरोधमा सल्यानमा ३ दिन हडताल, ५ गते जनप्रदर्शन

प्रदेश नं. ५ मा राखिएको विरोधमा सल्यानमा ३ दिन हडताल, ५ गते जनप्रदर्शन

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

सल्यान ,१ भदौ ।

सल्यानमा ३ दिनका लागि आम हड्तालका कार्यक्रम सार्वजनिक गरिएको छ । भोलिबाट ४ गते सम्म आम हडताल गर्ने निर्णय गरेको आजको सर्वदलिय, सर्वपक्षिय बैठकले भाद्र ५ गते खलंगाको टुडिखेलमा जनप्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

आज सल्यानमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अन्तरक्रिया भए लगतै जिल्लामा आन्दोलनमा क्रियाशिल व्यक्तिहरुका विचमा बैठक भएको थियो ।

सल्यानलाई प्रदेश नंं. ६ मा राखिएको विरोधमा गरिएको हडतालको आज नवौं दिन वितिसक्दा पनि सल्यानबासीको मन मिल्न सकेको थिएन ।

सल्यान स्थित उद्योग वाणिज्य संघ, यातायात व्यवसायी समिती, पेशाकर्मी संघसंगठन सल्यानलाई प्रदेश नं. ५ मा राख्न आन्दोलनका कार्यक्रमलाई तिव्रता दिनुपर्ने भनिरहेका बेला सल्यानी जनता मारमा परेको भन्दै दलहरुले साउन ३० गते दिनमा ३ घण्टा मात्रै बन्द गर्ने निर्णय गरेका थिए ।

यसको विरोधमा आज सल्यानबासि जनताले २४ घण्टा बन्द गर्नुपर्ने जनाए पछि आज आम हडताल र जनप्रदर्शनको विषयमा सहमती भएको छ ।

सल्यानलाई प्रदेश नं. ५ मा नराखेसम्म २४ घण्टा बन्द गर्ने आज दिउसोको अन्तरक्रियामा सुझाव पाएका दलहरुले अन्तत हडतालका कार्यक्रम त गर्ने भए तर नाराहरलाई एउटै पार्न सकेका छैनन ।

सल्यानलाई प्रदेश नं. ५ मा कायम गर भन्ने नाराबाट शुरु भएको आन्दोलनलाई दलहरुले विभाजन गरेको भन्दै सहभागिले आरोप लगाएका थिए ।

साउन २३ गते राती ११ वजे प्रदेश नं. ५ मा राखिएको सल्यानलाई १२ बजेको सिमांकनका निर्णय सार्वजनीकको बेला प्रदेश नं. ६ मा राखिएको विरोधमा स्थानियवासिले २५ गतेदेखि विभिन्न आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन ।

आजको अन्तरक्रियामा सहभागिहरुले पत्रकारहरुले सल्यानको आन्दोलनलाई केन्द्रिय स्तरमा पुर्याउन नसकेको आरोप लगाएका थिए ।

हरेक कार्यक्रममा अक्रमण्यता देखाएका दलहरुले आजको अन्तरक्रियामा पनि दोहोरो अर्थ लाग्ने कुरा गरेका छन । कार्यक्रममा दलका नेताहरुले स्पष्ट जवाफ दिन सकेका छैनन । जनस्तरबाट सल्यानलाई प्रदेश नं. ५ मा राख्नुपर्ने भनिरहेका बेला उनिहरुले स्पष्टसंग जवाफ दिएका छैनन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी