डोलेश्वरमा श्रावण महिनाभरि ६२ लाख उठ्यो

डोलेश्वरमा श्रावण महिनाभरि ६२ लाख उठ्यो

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

भक्तपुर ।

बैशाख १२ गते र त्यसपछि गएको पराकम्पले केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भत्किएपछि सो मन्दिरको पुनर्निर्माणको लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिएको श्रावणी मेला २०७२ सम्पन्न भएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र तथा ॐकार ध्वनिको संयुक्त आयोजनामा मन्दिर प्राङ्गणमा श्रावण १ गतेबाट सञ्चालन भएको थियो । मेलाको उद्घाटन उद्योग मन्त्री महेश बस्नेतले गर्नु भएको थियो ।

उक्त मेलामा पण्डित कृष्ण खनालले १ गतेदेखि १० गतेसम्म देवी भागवत महापुराण, पण्डित कुवेर सुवेदीले ११ गतेदेखि १७ गतेसम्म श्रीमद् भागवत सप्ताह, पण्डित दिवाकर भण्डारीले शिव महिमा बर्णन र पण्डित केदार देवकोटाले रामायण बर्णन बाचन गर्न भएकोले थियो ।

त्यस्तै स्वामी श्री चतर्भुजाचार्य चुडामणि महाराज, वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेल, जगनाथधामका प्रमुख संरक्षक श्रीश्रीश्री १००८ स्वामी परमानन्द शरणजी, पण्डित रामकृष्ण उपाध्याय, पण्डित कृष्ण प्रसाद ढुंगाना, पण्डित जनक पाण्डे र पुरुषोत्तम खतिवडाले संगीतमय प्रवचन गरी मेला सम्पन्न भएको आयोजकले जनाएको छ ।

बैशाख १२ गते र त्यसपछि गएको पराकम्पले केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भत्किएपछि सो मन्दिरको पुनर्निर्माणको लागि आर्थिक सहयोग जुटाउन श्रावणी मेलाको आयोजना गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष एवं मूलआयोजक समितिका संयोजक बिदुरमान सिंह बस्नेतले बताउनु भयो ।

उक्त मन्दिर निर्माण गर्न करीव साढे पाँच करोड लाग्ने जानकारी दिदैँ मन्दिरलाई चाँडो भन्दा चाँडोे निर्माण गर्नका लागि सबैसँग सहयोगको अपिल गर्नु भयो ।
पर्याप्त तयारी नभई भएको मेलामा पनि बढी भन्दा बढी भक्तजनहरुको उपस्थिति भएको बताउँदै उहाँले सरकारी निकायले पनि यस प्रति चाँसो दिनु पर्नेमा जोड दिनुभयो ।
समितिका कोषाध्यक्ष एवं मूलआयोजक समितिका कोषाध्यक्ष विश्वराम थापाले श्रावणी मेलाको आयव्यय प्रस्तुत गर्नु भएको थियो । श्रावण महिनाभरी आय रु ६२ लाख १६ हजार १ सय ९० भएकोमा रु। १७ लाख ८० हजार खर्च भई रु४४ लाख ३६ हजार १ सय ९० बचत भएको जानकारी दिनुभयो ।

श्रावण एक महिना करीव १५ लाख भक्तजनले महादेवको दर्शन गरेको समितिले बताएको छ ।  केदारनाथको शिर घोषणा भएको दिन भाद्र ६ गते मन्दिरमा विशेष कार्यक्रम गरी मनाइने भएको छ ।

साथै उक्त दिन सर्वसाधारण भक्तजनहरुको लागि बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चारै ढोका खुल्ला हुने र भगवान केदारनाथको पूजा आजा गर्न पाउने समितिले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी