काठमाडौ., १ भदौ ।
अर्घाखाँचीको धारापानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ । हिजो राति लु १ ज १७४७ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी धारापानी–७ का २७ वर्षीय नारायण केसीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार धारापानी–७ बाट धारापानी–५ उपल्लापोखराका लागि छुटेको जीप सडकबाट झण्डै ६० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline