काठमाडौ १ भदौ । आज बिहान दोलखा केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।
बिहान ४ बजेर ८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि लगातार दिनहुँ जस्तो आइरेहको पराकम्प अझै रोकिएको छैन ।
यो सँगै हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका करिब ३ सय ८० ओटा पराकम्प गैसकेको केन्द्रले जनाएको छ ।
शक्तिशाली भूकम्पपछि स साना पराकम्पन आउनु स्वभाविक भएकाले अत्तिनुपर्ने अवस्था नरहेको विज्ञ बताउछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
