सम्बन्धित निकायको लापरबाहिका कारण स्थानियबासि मर्कामा

सम्बन्धित निकायको लापरबाहिका कारण स्थानियबासि मर्कामा

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

धनगढी, ३२ साउन।

सम्बन्धित निकायको लापरबाहिलाका कारण कैलालीको चौमाला–७ का स्थानियबासिन्दा गौरिगंगा खोलाबाट पिडित हुदै आएका छन ।

पटक–पटक सम्बन्धित निकायलाई नदिले कटानपटान गर्दै आईरहेको भन्दै खोला नियन्त्रणका लागि आग्रह गर्दा बेवास्था गरेको स्थानियबासिन्दाले गुनासो गरेका छन ।

चौमाला ७ का अत्तर कटान टोल, बझाङगी टोल, जमुनिधारि टोल र कालिकाटोलका बासिन्दा गौरि गंगाखोलाका कारण घरबारबिहीन हुने अबस्थामा पुगेको स्थानिय समाजसेवी जगत धामिले श्रम–श्रृजना दैनिकलाई बताए ।

गौरिगंगाखोला नियन्त्रणका लागि पटक–पटक कैलालीमा रहेका जिल्ला प्रसासन कार्यालय, जिल्ला बिकास समितिको कार्यालय लगायतका अन्य सरोकारबाला कार्यालयलाई आग्रह गर्दा बेवास्था गरेको उनको भनाई रहेको छ ।

बर्षातको समयमा खोला गाउमा पस्दा र खोलाले कटानी गर्दा आफुहरुलाई निकै सास्ती हुने गरेको स्थानिय धामिको भनाई रहेको छ ।

बर्षातको समय लागेसंगै स्थानियबासिन्दा खोला नियन्त्रणका लागि कुनै निकायले पहल नगरेको भन्दै स्थानियबासिन्दा निकै चिन्तित भएको समेत उनले बताए ।

खोलाले गर्दा हरेक बर्ष खोतिबारीमा लगाएको अन्नबाली समेत सखाप पार्ने गरेको अर्का स्थानियबासिन्दा ईन्द्र सुनाले बताए ।

खोला नियन्त्रणका लागि तत्काल सम्बन्धित निकायबाट कुनै तयारि नभए खोलाको समस्या बिकराल रुप लिने समेत स्थानियको भनाई रहेको छ ।

खोला नियन्त्रणका लागि आबश्यक पहल गरिदिन समेत स्थानियले सम्बन्धित निकाय संग आग्रह समेत गरेका छन ।

कैलाली ७ चौमालामा रहेको गौरिगंगाखोलाबाट घरबारबिहिन र नदि नियन्त्रणका लागि पहल गर्न भन्दै स्थानिय समाज सेबी जगत धामीको अध्यक्षतामा सोमबार एक समिति समेत गठन गरिएको छ ।

समीति उपाध्यक्षमा ईन्द्र सुनार, सचिबमा लाल गिरि बिक, सहसचिबमा गोमा धामी, कोषाध्यक्षमा मिनबहादुर गुरधामी लगायतको १९ सदस्यिय समिति गठन गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ