अखण्ड सुदुर पश्चिम र थारुवानका कार्यकर्ताबीच झडप

अखण्ड सुदुर पश्चिम र थारुवानका कार्यकर्ताबीच झडप

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

साउन ३२ धनगढी ।
अखण्ड सुदूरपश्चिम र थरुहटका युवाहरबीच आज धनगढीमा झडप भएको छ । सोमबार सााझ धनगढीको हसनपुर चौकमा दुबै पक्षका युवाहरुबीच झडप भएको छ ।

राष्ट्र बैंक चौक हुादै प्रदर्शनमा उत्रिएका अखण्ड सुदूरपश्चिमका युवाहरु र ट्याक्टरमा आएका थरुहटका युवाहरुबीच हसनपुर चौकमा झडप भएपनि प्रहरीले अश्रृग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको छ । दुबै पक्षबीच ढुंगा हानहान भएपनि सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएका थिए ।

\दुवै पक्षबीच भीडन्त हुन नदिन स्थानीय प्रशासनले धनगढीको मुख्य सडकको तीन ठाउामा कााडेतार बाटो बन्द गरको थियो । उनीहरुले ट्राफिक चौक, एलएनचौक, राष्ट्र बैंक चौकमा प्रदर्शन गर्नुका साथै टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । थरुहटको सभामा सहभागी हुन आएका नेता र स्थानीयहरुलाई प्रहरीले बैकल्पीक बाटो भएर सभा स्थल जाने व्यवस्था गरेको थियो ।

कैलालीमा थरुहटले साउन २३ गतेदेखि आमहडताल घोषणा गरेको थियो भने अखण्ड सुदूरपश्चिमले फेरि सोमबारदेखि आमहडताल घोषणा गरेको थियो । दुबै पक्षको प्रदर्शनले सोमबार दिनभर धनगढी तनाबग्रस्त रह्यो । थरुहटको आमसभालाई लक्षित गरि आह्वान गरिएको आमहड्ताल एकाएक स्थगित गरेको भन्दै अखण्ड पक्षधरका युवाहरु आक्रोसित / बन्द यथावत रहेको भन्दै आज बिहानै धनगढीमा प्रदर्शन यस्तै, थरुहटको आमसभालाई लक्षित गर्दै अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिले आह्वान गरेको अनिश्चितकालिन आम हड्ताल आईतबारराती बसेको सर्बपक्षिय बैठकमा फिर्ता लिईएको घटनालाई लिएर अखण्ड पक्षधरका युवाहरु आक्रोसित भएका छन । उनिहरु आन्दोलनमा सहभागी नभएका कांग्रेस एमालेका केहि नेताहरुले बन्द खोल्ने गरि गोप्य सहमती गरेको भन्दै आक्रोस पाखेको हुन । आक्रोसित युवाहरु सोमबार बिहानै धनगढीमा प्रदर्शन गरेका छन ।

आईतबारराती जिल्ला प्रशासन कार्यालय कैलालीमा अखण्ड सुदूरपश्चि पक्षधर र थारुवान र थरुहट पक्षधरवीच आमसभ गर्न दिने साथै यातायात समेत सुचारु गर्ने भन्ने द्विपक्षिय निर्णय भएतापनि आन्दोलनमा नभएका व्यक्तिले गरेको सम्झौता मान्य नहुने भन्दै अखण्ड सुदूरपश्चिम पक्षधरले धनगढीमा सोमबार बिहानै र्‍यालीको आयोजना गरेको थियो । उनिहरुले बन्द यथावत रहेको भन्दै अखण्ड सुदूरपश्चिमका पक्षमा नारावाजी गरेका छन । अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समिति कैलालीका संयोजक गोपाल देउवाले जवसम्म सुदूरपश्चिम अखण्ड हुादैन तबसम्म आन्दोलन जारी रहने बताए ।

उनले आईतबारराती भएको बैठकमा आफुहरुले यातायात खोल्ने सहमती नगरेको दावी गर्दै आमहड्ताल यथावत रहेको बताए । सोमबार बिहान ट्राफिक चौराहदेखि जिल्ला प्रशासन कार्यालयको गेटसम्म अखण्ड पक्षधरले प्रदर्शन गरेका हुन । प्रशासन कार्यालयभन्दा पर जानवाट रोक्नका लागि काडेतारले सडक छेकिएको थियो भने ठुलो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी