लगातार चारदिनको बन्दले उदयपुरको जनजीवन झन कष्टकर

लगातार चारदिनको बन्दले उदयपुरको जनजीवन झन कष्टकर

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

उदयपुर,साउन ३२ गते ।
लगातार चारदिन यतादेखि बन्दका कारणले सदरमुकाम गाईघाटको झन् जनजीवन कष्टकर बन्दै गएको छ । उदयपुरको समदमुकाम गाईघाटमा नेकपा–माओबादी बैद्य समुह लगायत ३० दलीय मोर्चा र संबिधान सभामा रहेका संघीय समादबादी फोरम नेपालको ९ दलीय मोर्चा गरी  ४२ दलको बन्दका कारण यहााको जनजीवन थप झन् कष्टकर बनेको छ ।जिल्लाभित्र रहेका कलकारखाना,ब्यापारब्यसाय र शैक्षिक संस्थानहरु प्ूार्णरुपमा बन्द भएको हो  ।
चारदिनसम्मको लामो बन्द आब्हानले जिल्लाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ । जिल्ला बाहिर र भित्र चल्ने दूबै खालको सबारी साधन नचल्दा झन थप जीवन कष्टकर बनेको पाइन्छ   । लामो तथा छोटो दुरीको यात्रुबाहक बस नचल्दा जिल्ला बाहिर जाने यात्रूहरु अझ अलपत्र अबस्था रहेका छन् । बन्दको बेला बन्दमा काही कतै मानबीय क्षति तथा सबारी साधनमामाथि तोडफोड तथा आगजनी हुने खतरा भएको हुदा बाक्लोमात्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरी चोक चोकमा  ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हिजो आईतबारको बन्दमा मोटरसाईकल चलाएको भन्दै प्रेस पास नदेखाएकोले स्थानीय दैदिक बरुवा टाईम्सका पत्रकार सुखिलाल चौधरी र बिशेष काम भएको भन्दै बाहिर मोटरसाईकल लिएर हिडेका त्रियूगा उद्योग बाणिज्य संध गाईघाटको अध्यक्ष जगेन्द्र भगतमाथि र उनीहरुको मोटरसाईकलमा समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
बाक्लो रुपमा आन्दोनकारीहरु सडकमा उत्रिएको देखिन्छ । यहाा अत्याबास्यक सबारी साधन दुध,तरकारी तथा एम्बुलेन्स बाहेका अन्य कूनै सबारी साधन बन्द कर्ताले चल्न दिएका छैनन् । जिल्लाको पहाडी गाबिस तथा ग्रामीण मोटरबाटोमा मोटरसाईकल चाहि बलजफतीले चलाएको प्रहरीले जनाएको छ । ४२ दलको भोली सम्मको बन्दले सदरमुकामबासीलाई तरकारीमा समस्या देखापर्ने खतरा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी