कठमाण्डौ ,३२ साउन ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको कर्जा र निक्षेपको व्याजदर अन्तर (स्प्रेड )मा गरेको कडाईका कारण बैंकहरुको नाफा प्रभावित भएको छ ।
राष्ट्र बैंकले अघिल्लो आर्थिक बर्षदेखि निक्षेप र कर्जाको व्याजदर अन्तर पाँच प्रतिशत भन्दा बढी हुन नहुने निती कार्यान्वयनमा ल्याएको थियो ।
सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकहरुमध्ये २५ वटाले गत आर्थिक बर्ष २०७१÷०७२ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।
वित्तिय विवरण प्रकाशित गरेका बैंकले ३५ अर्ब रुपैया नाफा कमाएका छन् । अघिल्लो बर्ष यस्तो मुनाफला १८ अर्ब रुपैया थियो ।
नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले सरकारी रिणपत्रमा न्युन व्याजदर आएका कारण नाफा प्रभावित भएको बताउनु भयो । पूँजी वृद्धिसँगै नाफा बढाउनु चुनौतिपूर्ण छ उहाले भन्नुभयो सरकारी परिणपत्रमा आउने ब्याज नबढ्दासम्म नाफा वृद्धिदर बढाउन कठिन हुन्छ ।