नेकपा माओवादीका केन्द्रीय सदस्य सहित तीन दर्जन प्रदर्शनकारी पक्राउ

नेकपा माओवादीका केन्द्रीय सदस्य सहित तीन दर्जन प्रदर्शनकारी पक्राउ

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ३२ साउन  ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, आदिवासी जनजाति र मधेस केन्द्रित दलले आह्वान गरेको बन्दको दोस्रो दिन आज रत्नपार्कमा प्रदर्शनका क्रममा तीन दर्जन बढी आन्दोलनकारी पक्राउ परेका छन् ।

नेकपा माओवादीका केन्द्रीय सदस्य शुभराम यादव सहित ४० जनालाई प्रदर्शनका क्रममा रत्नपार्कबाट पक्राउ गरेको माओवादीले जनाएको छ ।

आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला पक्राउ गरेको अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले बताउनु भयो ।

यसअघि संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, वैद्य माओवादीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ लगायतलाई असनबाट पक्राउ गरेको थियो ।

यसअघि हिजोको बन्दका क्रममा ठाउँ ठाउँमा तोडफोडमा उत्रेपछि पक्राउ परेका सबै बन्दकर्ताहरुलाई भने प्रहरीले रिहाइ गरिसकेको संघिय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी