• आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

कला क्षेत्रमा भविश्य खोज्दै सम्भव

विमर्श उप्रेती, झापा

उ बेला अभिनय,नृत्य अनि नाटक भन्ने बित्तिकै हुरुक्कै हुन्थे उनी । उनी अर्थात् पूर्वी नेपालको कांकरभिट्टाका स्थानीय युवाहरुमाझ डम्बर भनेर चिनिने २८ वर्षे संघर्षशिल युवा सम्भव श्रेष्ठ । भविष्यमा अभिनय र नृत्य संगै नाटकको दुनियांमा एउटा कुशल कलाकारको रुपमा बेग्लै पहिचान
स्थापित गर्ने सपना बुनेका थिए उनले ।

मेचीनगर १० स्थित बर्मेली टोलका प्रतिभावान् युवा उनको लगातारको अथक प्रयास अनि निरन्तरको संघर्षपछि त्यो अधुरो सपना अन्तत पूरा भएको छ ।

सगरमाथा पहाडी जिल्ला खोटाङ सदरमुकाम दिक्तेलमा बुवा दलबहादूर र आमा इच्छामाया श्रेष्ठको साईंलो सन्तानका रुपमा वि.स. २०४३ सालमा जन्मिएका उनी आफ्नो नाउं झैं कुनै क्षेत्रमा स्थापित हुन योजना निर्माण गरी भगिरथ प्रयत्न र लगनशिल बन्ने हो भने लक्ष्य हांसिल गर्न सम्भव हुने तर्क अघि सार्छन् ।

झण्डै एक दशक अघि मार्सल आट्र्स अन्र्तगतको तेक्वान्दो खेलको प्रशिक्षार्थी हुंदै सफल प्रशिक्षकको समेत छुट्टै छाप छोडेका श्रेष्ठले आफ्नो मिसनलाई साकार पारेरै छाडे । करिब २८ वर्षअघि जन्मथलोबाट सपरिवार बसाई सरी मेचीनगर आएका उनले तत्कालिन कांकरभिट्टा माविमा प्रवेशिका उत्तीर्ण गरी कांकरभिट्टा बहुमुखी क्याम्पसबाट मानविकि संकायतर्फ स्नातक तहसम्मको अध्ययन प”रा गरेका छन् । नाटक र नृत्य

बारेको प्रशिक्षण पछि काठमाण्डौंस्थित एक्टर स्टुडियोबाट सुपरिचित अभिनय प्रशिक्षक अनुप बरालबाट अभिनयको समेत प्रशिक्षण लिएका श्रेष्ठ झण्डै ४ वर्ष अघिदेखि ब्यवसायिक ढङ्गले अभिनयको गारेटोमा यात्रारत् छन् ।

उनले सन् २०११ मा काठमाण्डौ पुगेर द ऱ्याम्प मोडलिङ टेनिङ  सेन्टरमार्फत मोडलिङ सम्बन्धि पनि तालिम लिए । भाग्य भन्दा पनि कर्ममा विश्वास गर्नेे मेहनती युवा उनी भन्छन् , अभिनय, नृत्य र नाटक मेरो बाल्यावस्थादेखि रुचीका विषय थिए,यी कुराहरु मैले सानैदेखि छिटफुट मात्रामा सिक्दै आए पनि तर, तेक्वान्दोलाई भने निरन्तरता दिन सकिन । श्रेष्ठ थप्छन् , दईवटा नाउमा खुट्टा हाल्दा कतै असफल भईने पो हो की भन्ने डर पनि भो , त्यसैले एउटा पाटोलाई चैं निरन्तरता दिने कोसिस गर्दैछु ।
अनि बिहे चैं कहिले गर्ने त भन्ने मिर्मिरे अनलाइनको प्रश्नको जवाफ दिंदै श्रेष्ठले भने, अहिले करियरलाई फोकस गर्दैछु अनि मात्रै त्यसबारे सोच्नुपर्ला । आधा काठमाण्डौं र आधा समय कांकरभिट्टामा ब्यतित गर्ने युवा कलाकार श्रेष्ठले पहिलो पटक माया मायालाई म अनमोल भन्छु बोलको गीत समेटिएको म्यूजिक भिडियोमा अभिनय गरे । मिलन अमात्यको स्वरमा सजिएको युवा पुस्तामाझ लोकप्रिय उक्त गीतको म्यूजिक भिडियोमा सुदिप बरालले निर्देशन र दिपक शर्माले संगीत भरेका छन् ।

उनले रोम्यन लिम्बूको निर्देशन , रोमा वनेमको स्वर,संगीत र शब्द रचना रहेको कोशी ब्यारेजमा बोलको गीतमा पनि अभिनय गरेका छन् । त्यस्तै जिवनमा हरेस नखाई काम गरे अवश्य सफल भइन्छ भन्ने सन्देशमूलक चलचित्र नागबेलीमा पनि उनी पहिलो पटक नायकको भूमिकामा देखिए । फिल्मी यात्रामा पहिलो पटक सो चलचित्रमा एक्सन नायकको रुपमा डेब्यू गर्ने अवसर मिलेको उनी सुनाउंछन् । रोम्यन लिम्बूको
निर्माण, गोविन्द राईको निर्देशन अनि रामशरण उप्रेतीले छायाङ्कन गरेको उक्त चलचित्र देश ब्यापी प्रर्दशनमा आईसकेको छ । पछिल्लो समय उनी कोशी पहाडमा सुटिङका क्रममा रहेको फुटबल खेल सम्बन्धि चलचित्र दोखमा ब्यस्त छन् । फुटबल खेलसंग सम्बन्धित यर्थाथ घटनामा आधारित फुटबलको पहिलो ऐतिहासिक उक्त चलचित्रमा पनि उनको अभिनय रहेको छ ।
अहिले सुटिङको तयारीमा रहेका चलचित्र र नयां म्यूजिक भिडियोबाट अभिनयको अफर आउने गरेको श्रेष्ठ सुनाउंछन् । उनी भन्छन् ,अब यहि क्षेत्रमार्फत् भविष्य खोज्नु पर्ला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी