काठमाडौ, ३१ साउन ।
दैलेखमा अविरल वर्षाका कारण घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
लगातारको वर्षापछि आज बिहान करिब तीन बजेतिर दैलेखको नारायणनगरपालिका–६, गणेशचोकस्थित नमूना बस्तीमा टेक बहादुर बादीको घर भत्किएर उनकै परिवारका ३ जनाको ज्यान गएको होे ।
राति सुतिरहेको अवस्थामा घर भत्किदा उनकी २० वर्षीया श्रीमती रुपा बादी , अढाई वर्षीया छोरी सपना र २ महिने छोरा गणेशको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक पुष्कर चन्दले मिर्मिरेलाई बताउनु भएको छ ।
उक्त घटनामा परि टेक बहादुर घाईते भएका छन । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको निरिक्षक चन्दले बताउनुभयो । बादी समुदायमात्रै बस्दै आएको उक्त नमूनाबस्ती अहिले पहिरोको जोखिममा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline