काठमाडौं, ३१ साउन ।
दोहोरो बन्दका कारण कास्कीको जनजिवन कष्टकर बनेकोे छ । वैद्य नेतृत्वको माओवादी सहितका दलहरुले आह्वान गरेको नेपाल बन्द तथा हिन्दुराष्ट्र संरक्षण अभियानको गण्डकी र धौलागिरी बन्दका कारण कास्की र त्यस आसपासका जिल्लाको जनजीवन कष्टकर बनेको हो ।
बन्दका कारण बिहानैदेखि गाडी चलेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्था बन्द छन् । बन्दको कारण पोखराबाट बाहिरने र भित्रने लामो तथा छोटो दुरीका कुनैपनि गाडी चलेका छैनन् ।
बन्दका क्रममा प्रेस, एम्बुलेन्स, मानवअधिकार, कुटनीतिक नियोग, पर्यटक, दूध तथा तरकारी बोक्ने गाडीलाई छुट दिइएको बन्दकर्ताले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline