काठमाडौं, ३१ साउन ।
प्रतिगामी संविधान ल्याउन खोजेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलले आह्वान गरेको बन्दका कारण बिहानै देखि जनजीवन प्रभावित भएको छ ।
संविधानको मस्यौदा खारेज गर्नुपर्ने मागसहित आज बन्द आह्वान गरिएको हो ।
काठमाडौं भित्रिने र बाहिरिने गाडी फाट्टफुट्ट मात्रै चलेका ट्राफिक प्रहरीले जनाएको छ ।
बन्दको क्रममा काठमाडौंको बबलमहलमा बिहानै बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड भएको छ ।
बन्दका बेलामा गाडी चलाएको भन्दै बन्दकर्ताले अरनिको राजमार्गमा गुड्ने सो बसमा तोडफोड गरेका हुन् ।
बन्दमा हुने सक्ने अराजक गतिविधि रोक्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
बिहानैदेखि चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline