काठमाडौं, ३१ साउन ।
गत बैसाख १२ गतेको शक्तिशाली भुकम्प पश्चात पराकम्पहरु हाउने क्रम अझै रोकिएको छैन । यसै क्रममा शनिबार मात्रै भूकम्पका दुईवटा पराकम्प गएका छन ।
गएराति ११ बजेर ५६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि बिहान १० बजेर १० मिनेटमा दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
यस्तै शनिबार नै ताप्लेजुङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर २७ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।
ठुलो भूकम्प पछि स- साना पराकम्पहरु आईरहने भएकाले नआत्तिन तर सचेत रहन आगह्र गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
