जानकी मन्दिरमा चढाएको भेटीले प्रदेश चल्दैन: यादव

जानकी मन्दिरमा चढाएको भेटीले प्रदेश चल्दैन: यादव

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, ३० साउन ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्ऽ यादवले पर्सादेखि सप्तरीसम्मको प्रदेश नम्बर ३ सामर्थ्य विनाको भएको बताएका छन् ।

सैद्धान्तिक आधार विना पहिचान र सामथ्र्यलाई उल्टाएर ६ प्रदेशको सीमांकन भएको उहाले बताउनुभयो । समाजवादी फोरमका अध्यक्ष यादवले भन्नुभयोर् पर्सादेखिे सप्तरीसम्मको प्रदेशको कुनै पनि सामर्थ्य छैन । धान खेती छ, यो वर्ष पानी नपरेर त्यो पनि फल्दैन । जानकी मन्दिरमा चढाएको भेटीले प्रदेश चल्दैन ।’

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा यादवले अधिकारको लागि भइरहेका आन्दोलनलाई साम्प्रदायिक बनाएर दमन गर्ने षड्यन्त्र भइरहेको दावी समेत गर्नुभयो ।

टिकापुरमा भएको आमसभाको विषयमा गरिएको प्रचारप्रति दु:ख ब्यक्त गर्दै उहाले त्यो कुनै समूदाय विरुद्धको लडाइ नभएर असमानता, अधिकारविहीन बनाउने, पहिचान र समावेशीता नदिने कार्य विरुद्धको लडाई भएको दाबी गर्नुभयो ।

केपी ओलीले साम्प्रदायिक र विखण्डनकारी भनेको प्रति लक्षित गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष यादवले ओलीले अहिले प्रतिगमनको नेतृत्व गरिरहेको समेत आरोप लगाउनुभयो ।

यस्तै केही मधेसवादी नेताहरुले उता कैलालीमा पुगेर दिएको विखण्डनकारी अभिव्यक्तिको सुदूरपश्चिमका तीन संगठनले कडा विरोध गरेका छन् ।

राष्ट्रिय सरोकार मञ्च नेपाल, सुदूरपश्चिम पत्रकार समाज र सुन्दर सुदूरपश्चिम बिकास अभियानले शनिबार संयुक्त विज्ञप्ती निकालेर मधेसी नेताहरु उपेन्ऽ यादव, अमरेश सिंह र राजेन्ऽ महतोमाथि कारबाही माग गरेका हुन् । (

मञ्चका अध्यक्ष सोमबिक्रम सिंह, समाजका महासचिव खगेन्ऽ भण्डारी र विकास अभियानका महासचिव किशोर खड्काले विज्ञप्ति निकालेर यस्ता बिखण्डनकारीलाई बहिष्कार गरी सामाजिक सजाय दिन पनि आमजनतासाग आग्रह गरेका छन् ।

ती मधेसी नेताहरुले सुदुरपश्चिममा जातीय, सामाजिक र सांस्कृतिक सद्भाव खल्बल्याउने गरी दिएको अभिब्यक्तिबारे त्यसक्षेत्रका जनतासाग माफी माग्न पनि उनीहरुले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी