दलित अधिकार सुनिश्चितताको लागि बाजागाजा सहितको र्याली

दलित अधिकार सुनिश्चितताको लागि बाजागाजा सहितको र्याली

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

धनगढी, ३० साउन । 

सयुक्त दलित आन्दोलन सघर्ष समिति कैलालीले शनिबार दलित अधिकार सुनिश्चितताको लागि बाजागाजा सहितको  पार्कमोडमा  र्याली समापन भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै दलित अगुवा नर बहादुर विकले दलितहरुको विशेष अधिकारको माग गर्दै उनीहरुको बच्चालाई उच्च शिक्षासम्म निशुल्क हुनु पर्ने बताए ।

उनले भने ‘दलितले बनाएका हसिया, हठौडा, खुकुरी, तरवाल चल्ने तर तिनै समाग्री बनाएको हातको पानी नचल्ने भन्दै हाफूहरु धर्मको नाममा विगतदेखि नै विभेद हुदै आएको बताए ।’

उनले देशमा दुई पटक संविधानसभाको चुनाव भए पनि अन्तरिम संविधानमा लेखिएका हक दोस्रो संविधान सभाको मस्यौदामा कटौटी भई आएको भन्दै यदी संविधानमा दलितको सुनुवाई भएन भने आफूहरु आन्दोलनलाई उग्ररुप दिने चेतावनी दिए ।

त्यसै गरी अर्का वक्त दलित महिला सघ(फेडो)का अध्यक्ष पुनम सिजापतीले आन्दोलन लगायतका विभिन्न कार्यक्रम गर्दा पनी दलितका माग पुरा नभएकाले चुप लागेर नबस्ने बताउदै उनले भनिन् दलित महिला दोहोरो मारमा परेकाले ३३ प्रतिशतमा पनि दलित महिलाहरुलाई समानुपातिक प्रतिनिधित्व सुनिश्चितता हुनु पर्ने माग राखिन् ।

उनले २१औं सताब्दीमा आएर पनि दलितहरु धारा छोएको नाममा कुटिनु पर्ने, हेपीनु पर्ने, गाली बेज्जती सहनु पर्ने अवस्था कायमै रहेकोबताउदै दलितहरुको आत्मासम्मानको लागि विशेष अधिकार सुनिश्चित गर्नु पर्ने बताइएन् ।

त्यसै गरीदलित महिला अधिकार मञ्चका जिल्ला अध्यक्ष विमला पराजुली दलितले उठाएका ९ बुदे माग पुरा हुनुपर्ने वताउदै दलितलाई हेर्ने दुष्टिकोणमा परिवर्तन गरीे पेशालाई अधुनिकीकरण गरिनु पर्ने बताईन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी