काठमाडौँ, ३० साउन ।
साहित्यकारहरुले प्रगतिशीलता भनेको माक्र्सवाद मात्र नभएको विचार व्यक्त गरेका छन् । उनीहरुले संवाद डवलीमा आयोजित ‘नेपाल भाषा साहित्यमा प्रगतिशिलता’ बिषयक विचार गोष्टीमा उक्त विचार ब्यक्त गरेका हुन् ।
डा. चन्द्रमान बज्राचार्यले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै कवि मल्लके सुन्दरले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिला नै जनताको पक्षमा साहित्य लेखन कार्यको थालनी भइसकेको प्रशंग उल्लेख गर्दै प्रगतीशील साहित्य माक्र्सवादीहरुको मात्र हो भनेर बुझ्ने चिन्तन गलत भएको बिचार व्यक्त गरे ।
उनले २०३६ सालको खुला राजनीतिले नेपाल भाषा साहित्य विभाजित भएको पनि बताए । उनका अनुसार नेपाल भाषाको काब्य विधामा युगान्तकारी आन्दोलनको घटना घटेको स्मरण गरे ।
अर्की वक्ता प्रेमशान्ति तुलाचनले प्रगतिशील साहित्य भनेको जनतामा चेतना जगाउने र देशको थिचोमिचोको बिरुद्ध अन्याय अन्त्यचारको बिरुद्ध एकात्मकताको बिरुद्ध जनतालाई आन्दोलित गर्न स्थापित भएको विधाका रुपमा लिन थालेको बताइन ।
नेपालको सन्दर्भमा राणा साशनको बेलामा पनि जनताको पक्षमा लुकिछिपी भएपनि प्रगतिशील साहिताको बिकास भएकोले यो माक्र्सवादीहरुले मात्र अपनाएको कलाको बाटो भएको समेत उनको भनाई छ ।
बरिष्ठ कबि दुर्गालाल श्रेष्ठले प्रगतिशील साहित्यको माध्यमबाट मात्र गरिब निमुखाको पक्षमा आवाज बुलन्द पार्ने भएकोले सम्पूर्ण प्रगतिशील साहित्यकारहरुलाइ त्यसतर्फ अग्रसर हुन आग्रह गरे ।
प्रगतिशील लेखक सघ नेपालका अध्यक्ष अमर गिरीको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष मातृका पोखरेलले स्वागत मन्तब्य र महासचिव मित्रलाल पंगेनीले संचालन गरेका थिए ।
कार्यक्रममा विभिन्न साहित्यिक संघ सस्थाबाट एक दर्जन भन्दा बढी प्रगतिशील साहित्यकारहरुको सहभागिता रहेको थियो ।

