बलात्कृत हुनबाट बचिन् युवती

बलात्कृत हुनबाट बचिन् युवती

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, ३० साउन ।

सेती प्राबिधिक शिक्षालय दिपायलमा अनमी छात्रवृत्तिको परीक्षा दिन हिडेकी एक युवतीमाथि बलात्कारको प्रयास भएको छ ।

बझाङबाट आफ्ना बाबुसँगै दिपायल आउने क्रममा दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्सका चालक रामबहादुर खड्काले बलत्कारको प्रयास गरेको भन्दै पीडित १९ वर्षे युवतीले प्रहरीमा उजुरी गरेकी छिन् ।

बस चढेर बझाङबाट डडेल्धुराको स्याउलेसम्म राती १२ बजे आइपुगेपछि बाबु छोरीलाई बस स्याउलेमै रोकिने भएपछि प्रहरीले दिपायल जाँदै गरेको एम्बुलेन्समा दिपायल पठाएका थिए ।

बिच बाटोमा पुगेपछि एम्बुलेन्स बिग्रेको भन्दै बाबुलाई बाहिर निस्केर हेर्न चालक खड्काले आग्रह गरेका थिए । बाबु बाहिर निस्कको मौका छोपि युवतीलाई एम्बुलेन्समा थुनेर चालक खड्काले केहि अघि पुगेर एम्बुलेन्स रोक बलात्कारको प्रयास गरेका थिए ।

आफुले प्रतिकार गरि आधा घन्टा कुदेपछि बाबुसँग भेट भएको र आफू जोगिएको युवतीले बताईन् । बिहान दिपायली आएकी युवतीले ८ बजेदेख सुरु भएको परीक्षा सकेपछि प्रहरीमा गएर उजुरी दिएकी हुन् ।

बलात्कार गर्न खोजेको आरोप लागेका चालक खड्का भने नगपालिकामा एम्बुलेन्स राखेर राती नै फरार भएको नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेश जोशीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ