काठमाडौ, ३० साउन ।
नेपाली भूमिमा भइरहेको भारतीय हस्तक्षेपको विरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज भारतीय दुतावास अगाडि प्रदर्शन गरेको छ ।
भारतले ६९ औं स्वतन्त्रता दिवस मनाइरहदा सिमामा भइरहेको अतिक्रमण तथा नेपाली भूमिमाथि भइरहेको हस्तक्षेपका विरोधमा मोर्चाले आज बिहान ११ बजेदेखि करिब एक घण्टा भारतीय दुतावास अगाडि कालो झन्डा देखाएर प्रदर्शन गरेको हो ।
कालापानी, सिक्किम, सुस्ता र टिस्ट लगायतका क्षेत्रमा अधिग्रहण भएको नेपाली भूमि फिर्ता नभएसम्म भारतको स्वतन्त्रता दिवसको कुनै अर्थ नरहेको ग्रेटर नेपाल राष्टवादी मोर्चाका अध्यक्ष फडिन्द्र नेपालले बताउनु भयो ।
सन १९४७ मा भारत स्वतन्त्र हुदा नेपाली भुभागहरु समेत स्वतन्त्र भएको बताउदै उहाले त्यसपछि मात्रै भारतले नेपाललाई भुमि फिर्ता गर्नुको साटो हडपेको आरोप लगाउनु भएको छ ।
नेपालबाट अतिक्रमण भएको भूमि फिर्ता नभएसम्म आफूको आन्दोलन जारी रहने उहाको भनाई छ ।